SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/२९ गते
    १०१२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व माओवादीहरुबीच एकताको लागि सक्रिय भएका छन् । माओवादी छाडेर विभिन्न पार्टी खोलेका र अन्य पार्टीमा लागेकाहरुलाई आगामी निर्वाचनभन्दा अघि नै एक गराउन दाहाल लागिपरेका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । उक्त बैठकमा पनि पूर्व माओवादीहरुबीचको एकतालाई जोड दिईने एक नेताले बताए ।

    हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । माओवादी केन्द्रले उक्त निर्वाचनमा राम्रो सफलता हाँसिल गरेको चर्चा छ । अध्यक्ष प्रचण्डले त स्थानीय तहको निर्वाचनमा माओवादी दोस्रो दल हुने आँकलन गरेका थिए ।

    तर, गठबन्धनबीच राम्रो समन्वय नहुँदा तेस्रो हुनुपरेको उनको स्पष्टोक्ति छ। संघीय संसद्को निर्वाचनअघि नै माओवादीहरु एक भएर जान सकिए पहिलो दल बन्नसक्ने माओवादी केन्द्रका नेताहरुको दाबी रहँदै आएको छ । प्रचण्डले त सार्वजनिक कार्यक्रममा नै अब ०६४ को जस्तो माओवादीहरु एकजुट भएर जान सकिए पहिलो दल बन्न कुनै असम्भव नरहेको जिकिर गरेका छन् ।

    पछिल्लो समय प्रचण्डले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यलगायतसँग एकताको लागि प्रयास थालेका छन् । माओवादीहरु विभिन्न रुपमा छरिँदा जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र भएको प्रचण्डको गुनासो छ ।

    अब एकचोटी माओवादीहरु सबैले आ–आफ्नो अहंकार त्यागेर सहकार्य गर्नुपर्ने दाहालको प्रस्ताव छ । उनले संघीयता, गणतन्त्र र संविधान रक्षाका लागि सधैँ सचेत हुनुपर्ने बताउँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं