
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकका लागि केन्द्रीय कार्यालय समितिले प्रस्ताव तयार पारेको छ । च्यासलस्थित एमाले मुख्यालय आइतबार बसेको केन्द्रीय कार्यालय समितिको बैठकले स्थानीय चुनावको समीक्षालाई छलफलको मुख्य एजेण्डा बनाएको छ ।
सचिव गोकर्ण विष्टका अनुसार स्थानीय चुनावको समीक्षा, जनप्रतिनिधिलाई प्रशिक्षण, पार्टीका विभिन्न विभागलाई पूर्णता दिने र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकामाथि सचिवालय बैठकमा छलफल हुनेछ । सोमबार दिउँसो १ बजे बस्ने सचिवालय बैठकको एजेण्डा महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय समितिले तय गरेको हो ।
३० वैशाखमा स्थानीय तहको चुनाव सकिएपछि पहिलोपटक एमाले बैठक बस्न लागेको हो । यो बैठकमा चुनावको नतिजाबारे समीक्षात्मक छलफल हुने सचिव विष्टले बताए ।
एमालेको निर्वाचन विभाग प्रमुख उपमहासचिव विष्णु रिमाल नेतृत्वको टोलीले चुनावी नतिजा समेटेर कार्यपत्र तयार पारेको छ । उक्त प्रतिवेदनमाथि आधारित भएर सचिवालय बैठकमा छलफल गर्ने एमालेको तयारी छ ।
चुनावको समीक्षासँगै एमाले सचिवालय बैठकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनेबारे पनि छलफल हुनेछ । २ र ३ असारमा जनप्रतिनिधिहरुलाई निर्देशनात्मक प्रशिक्षण दिने तयारी एमालेले गरेको छ । तर निर्णय भने सचिवालय बैठकले गर्नेछ ।
बैठकको अर्को एजेण्डा पार्टीका विभागलाई पूर्णता दिने विषय पनि छ । गएको मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट एमालेको नयाँ नेतृत्व आएपछि विभाग प्रमुख र उपप्रमुख तोकिएपनि अधिकांश विभागले पूर्णता पाउन सकेको छैन ।
सचिवालय बैठकको अन्त्यमा राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाबारे छलफल हुनेछ । पार्टीको भावी राजनीतिक कार्यक्रम पनि यही बुँदामा समेटिने नेताहरुले बताएका छन् ।
तर स्थानीय चुनावलगत्तै एमाले वृत्तमा छलफलको विषय बनेको स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाहीबारे भने केन्द्रीय कार्यालयले छलफलको एजेण्डा बनाएन ।
‘त्यसबारे कुरै भएन । कसैले प्रस्ताव पनि ल्याएन, एजेण्डा पनि बनेन’ एक सहभागीले भने, ‘भोलि एजेण्डा बन्न पनि सक्छ । कसैले उठाए भने त छलफलको एजेण्डा हुने नै भयो नि ।’
अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै एमाले अनुशासन आयोगले भूसाललाई कारवाहीको सिफारिस गरेको छ । आयोगका अध्यक्ष केशव बडालले सचिवालयको बैठक राखेर भूसाललाई कारवाही गर्न सिफारिस गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया