मुस्ताङ । मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको जहाजमा सवार रहेका २२ मध्ये २१ जनाको शव फेला परेको छ। थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार जहाज दुर्घटनामा परे पनि सोमबार बिहान फेला पारिएको थियो।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले २१ जनाको शव फेला परेको सेतोपाटीलाई जानकारी दिए। सो जहाजमा तीन जना चालक दलसहित २२ जना सवार थिए।
त्यसमध्ये एक जनाको शव भने खोज्ने काम भइरहेको उनले बताए। १० जनाको शव कोवाङमा ल्याइसकेको छ।शवलाई पोखरा वा काठमाडौं ल्याउने प्रशासनको तयारी छ। शवको पहिचान भने भइसकेको छैन।