SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/१५ गते
    ९३८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता/कार्यकर्तासँग मिल्न सकिने बताएका छन् ।

    शनिबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘यो (केपी ओलीको) अहंकार यति धेरै धम्स नहुने हो भने अरु सबै एमालेका नेता/कार्यकर्तासँग मिलेर काम गर्न सक्ने देख्छु ।’

    तर, केपी ओलीकै व्यवहारका कारण सिंगो एमालेसँग मिलेर काम गर्न सक्ने अवस्था नदेख्दा आफूलाई चिन्ता लागेको प्रचण्डको भनाइ छ । प्रचण्ड भन्छन, ‘उहाँ (ओली)ले जस्ता शक्दहरू प्रयोग गर्नुभयो यसले म अझै चिन्तित भएको छु ।’

    ०७४ को प्रदेश र संघीय चुनावमा गरेको वाम तालमेल, चुनाव लगत्तै गएको पार्टी एकता, दुई तिहाइ बहुमतको संघीय सरकार, ६ वटा प्रदेश सरकार नेकपाले बनाएको स्मरण गर्दै प्रचण्डले थपे, ‘आज यो परिस्थिति कसले बनायो ? यसको जिम्मेवारी लिन को ?’ नेकपामा विवाद भएपछि आधा कार्यकार्यकाल प्रधानमन्त्री चालाउने सहमतिबाट पछाडि हटेर आफूले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री हुनुस् भनेर छाड्दासमेत नेकपा बच्न नसकेको उनले बताए ।

    नेकपाको वैभवमा प्रधानमन्त्री बनेका ओलीले नेकपा एकता भंग भएर नयाँ गठबन्धन बनेपछि, राष्ट्रिय सभाको चुनाव भएपछि, बार एसोशिएसनको चुनाव भएपछि अझ स्थानीय तहको चुनाव भएपछि चेत्लान भन्ने आफूले ठानेको तर, त्यस्तो महसुस विल्कुल नहुने गरी प्रस्तुत भएको प्रचण्डले बताए ।

    ‘म तीन घण्टा सम्बोधन भए पनि ध्यानपूर्वक सुनिरहेको थिएँ कतै रियलाइजेशस आउँछ कि, कतै वामपन्थहरूको एकताको कुरा आउँछ कि’ प्रचण्डले थपे, ‘तर, आएन् । पुर्नसमीक्षा गर्ने कुरामा जानुहन्छ कि भनेको त उहाँ त सुरुदेखि अन्त्यसम्म खाली गाली र बदनामी गर्नेमा मात्रै केन्द्रित हुनुभयो । मेरो दृष्टिमा उहाँ आफनो अहंकार र दम्भबाट पछाडि हट्नुभएको छैन् ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं