SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/११ गते
    ७१५ &#२३४६;&#२३३५;&#२३२५;

    जनकपुरधाम । पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित मनोज साह बुधबार नेपाली कांग्रेसकै विजय र्‍यालीमा सहभागी भए ।

    उपमेयरमा कांग्रेसबाट निर्वाचित किशोरी साह, प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगनारायण पजियारसँगै उनी पनि विजय र्‍यालीको अग्रपंक्तिमा थिए ।

    कांग्रेसको जनकपुर नगर सभापतिबाट राजीनामा दिएर मेयरको स्वतन्त्र उम्मेदवार बनेका साह बुधबार कांग्रेसले नै आयोजना गरेको र्‍यालीमा सहभागी हुँदा धेरैले आश्चर्य माे ।

    तर साह भने आफू कांग्रेस नै भएको र कांग्रेसले नै मतदान गरेर जिताएका कारण र्‍यालीमा सहभागी भएको बताउँछन् । ‘मलाई कांग्रेसीले नै जिताएको हो । उनीहरुप्रति आभार प्रकट गर्न कांग्रेसकै विजयी जुलुसमा सहभागी भएको हुँ’ साहले भने ।

    सभापति भएपछि आफैंले उपमहानगरपालिकाको वडास्तरमा संगठन बनाएको र सबै वडाका सभापतिको समर्थनमा आफू मेयरको उम्मेदवार भएको भन्दै साहले अनलाइनखबरसँग भने, ‘उनीहरुप्रति आभार त प्रकट गर्नुपर्‍यो नि !’

    उनी अघि भन्छन्, ‘म मेयर बनेँ तर कांग्रेसको सहयोग बिना चल्न सक्दिनँ ।’ आफूले दिएको राजीनामा स्वीकृत गरे पनि नगरे पनि आफू कांग्रेस नै भएको उनको भनाइ छ

    आफूले कांग्रेसबाट कुनै बिद्रोह नगरेको भन्दै साहले कांग्रेसमा फर्किन सक्ने पनि बताए । ‘यसबारे साथीहरुसँग सल्लाह गरिरहेको छु’ उनी भन्छन्, ‘म कांग्रेस नै हुँ । तर कांग्रेस नेतृत्व डिप्लोमेटिक हुनुपर्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं