SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/११ गते
    ११८५ &#२३४६;&#२३३५;&#२३२५;

    चितवन । चीनबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि २८ वर्षका दीपेन्द्र सुनारी मगर, जन्म गाउँ नवलपुरको बुलिङ्टार फर्किए ।

    डोजरले जताततै पहाड भत्काउनुबाहेक गाउँको जीवनस्तरमा ठोस परिवर्तन थिएन । उनी गाउँघर चहारे । कोरोना महामारीको समयभरि गाउँमै बसे । त्यसबेला उनले सरकार र जनता बीचको सम्बन्धमा ठूलो खाडल देखे ।

    गाउँमा पानीको अभाव, बिजुलीको समस्या, युवाको विदेश पलायन, आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था, आयआर्जनमा समस्या यी यावत कुराहरू देखेपछि दीपेन्द्रलाई छट्पटी भयो । उनलाई गाउँलेका निर्दोष मनहरुले प्रश्न सोधेको अनभूति हुन्थ्यो, ‘के तिमी हाम्रो जुनी बदल्ने कुनै काम गर्न सक्छौं ? उनी भावुक हुन्थे । कुनै प्रोजेक्ट वा योजना वा कार्यक्रमबाट मात्रै जनताको खुसी ल्याउन नसक्ने निष्कर्षमा पुगेका दीपेन्द्र राजनीतिमा होमिने सोचमा पुगे ।

    उनको पारिवारिक पृष्ठभूमि नेकपा एमालेको थियो । २०५४ सालमा दीपेन्द्रका बुवा शेरबहादुर सुनारी मगरलाई गाविस अध्यक्षमा कांग्रेसकै उम्मेदवारले हराएका थिए । २०७४ को चुनावमा वडा नम्बर १ बाट वडाध्यक्ष उठेका शेरबहादुर फेरि हारे । कारण, यो कांग्रेसको सबैभन्दा बलियो किल्ला (गढ) हो ।

    नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाक छोरा, पूर्व महामन्त्री डा. शशांक कोइरालाको निर्वाचन क्षेत्रमा पर्ने बुलिङटारले तीन पटकसम्म उनलाई जिताएको छ । बुलिङटारलाई ‘बीपीको छोराले रोजेको ठाउँ’ भन्ने गरिन्छ । कतिपय कांग्रेस कार्यकर्ताले बुलिङटारमा झण्डै ९० प्रतिशतभन्दा बढी कांग्रेस रहेको बताउँछन् ।

    यस पृष्ठभूमिमा दीपेन्द्र गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने तयारीमा लागे । हार निरन्तरताको अर्को ताज थप्न हत्तपत्त उम्मेदवार बन्न नेताहरू समेत हिच्किचाउँछन् यहाँ । पार्टीको बैठकमा आफू गाउँपालिकाको अध्यक्ष उम्मेदवार बन्ने आकांक्षा मात्रै राखेनन् दीपेन्द्रले गाउँको अहिलेको अवस्था र आफ्ना योजना पनि सुनाए । उनी गाउँका विषयम धेरै सूचना, जानकारी र तथ्यांक बोकेर हिँडेका थिए ।

    जितको आधार देखाउँदा कतिपय नेताहरु ओठ फर्काउँथे तर दीपेन्द्र टिकट पाए जसरी पनि जित्ने र जनतालाई खुसी दिने बताइरहेका थिए । गाउँपालिका अध्यक्षका लागि दीपेन्द्र सहितसात जनाको नाम सिफारिस भएको थियो । नवलपुर जिल्ला इञ्चार्ज तिलक महत, सहइञ्चार्ज रवीन्द्र अधिकारी, केन्द्रीय सदस्य कृष्ण पौडेललगायतलाई आफूले कन्भिन्स गरेको दीपेन्द्र बताउँछन् । अन्ततः दीपेन्द्रले एमालेबाट गाउँपालिका अध्यक्षको टिकट पाए । पढे लेखेका युवालाई गाउँमा बोलाए । तथ्याङ्कलाई टेकेर उनीहरुले योजना बनाए । उनीसँग सबै क्षेत्रका युवाहरुको टिम छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं