
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौँ — स्थानीय तह निर्वाचनमा प्रमुख राजनीतिक दलबाट ४९ प्रतिशतसम्म युवा जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन अयोगका अनुसार आइतबार साँझसम्म ७ सय १४ पालिकामा ३३ हजार ८ सय ५८ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
निर्वाचितमध्ये १४ हजार ५६ जना २१–४० वर्ष उमेर समूहका अर्थात् ४१.५१ प्रतिशत छन् । उम्मेदवारी दिने पनि ४१ प्रतिशत यही समूहका थिए । यो उमेर समूहबाट निर्वाचित हुनेमा माओवादीको ४८.८३ प्रतिशत छन् । माओवादीका ४ हजार ९ सय ५१ जनप्रतिनिधि निर्वाचित भएकामा ४० वर्षसम्मका २ हजार ४ सय १८ जना अर्थात् ४८.८३ प्रतिशत छन् । यो संख्या अन्य दलको भन्दा बढी हो ।
एकीकृत समाजवादीका ९ सय ४१ जना निर्वाचित भएकामा युवा ३ सय ९० जना अर्थात् ४१.४४ प्रतिशत छन् । कांग्रेसले १३ हजार ३ सय ४ जनाले जितेकामा २१–४० वर्ष समूहका ५ हजार ४ सय ४९ अर्थात् ४०.९५ प्रतिशत छन् । एमालेले ११ हजार ४ सय ५१ जना जितेकामा २१–४० वर्ष समूहका ४ हजार ५ सय ७२ अर्थात् ३९.९२ प्रतिशत छन् ।
निर्वाचित जनप्रतिनिधिमध्ये ४० वर्षभन्दा माथिका १९ हजार ८ सय २ अर्थात् ५८.४८ प्रतिशत छन् । निर्वाचन कानुनअनुसार २१ वर्षमाथिकाले उम्मेदवारी दिन पाउँछन् । स्थानीय तह निर्वाचनमा २१ वर्षका ५६ जना निर्वाचित भएका छन् । पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादीका २१ वर्षीय वशिष्टकुमार निर्वाचित भएका छन् । धनुषाको कमल नगरपालिका– ९ मा नेपाल जनता पार्टीका रणवीरसिंह मण्डल र बझाङको जयपृथ्वी नगरपालिका–११ मा एमालेका सर्जनबहादुर थापा २१ वर्षमै वडाध्यक्ष चुनिएका छन् । निर्वाचन आयोगका अनुसार अब १ हजार ३ सय ६३ जनप्रतिनिधि निर्वाचित हुन बाँकी छ । ‘ढिलामा ११ गतेसम्म सबै पालिकाको नतिजा आइसक्छ,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने ।
७ सय ५३ पालिकामा ३५ हजार २ सय २१ जना जनप्रतिनिधि छनोट गर्न वैशाख ३० मा निर्वाचन भएको थियो । निर्वाचितमध्ये २१–३० वर्ष समूहका ७ जना स्थानीय तहको प्रमुखमा निर्वाचित भएका छन् । सप्तरीको छिन्नमस्त गाउँपालिकामा लोकतान्त्रिक समाजवादीका २५ वर्षीय विद्यानन्द चौधरी, सर्लाहीको रामनगर गाउँपालिकामा माओवादीका राजाबाबु यादव, नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङटार गाउँपालिकामा एमालेका २७ वर्षीय दीपेन्द्र सुनारी निर्वाचित भएका छन् । त्यस्तै रौतहटको कटहरिया नगरपालिकामा कांग्रेसका २९ वर्षीय अजय प्रकाश, रौतहटको राजपुर नगरपालिकामा कांग्रेसका २७ वर्षीय मोहम्मद राजिक आलम र डडेलधुराको परशुराम नगरपालिकामा कांग्रेसका २९ वर्षीय भरत बडायर जोशीले जितेका छन् ।
आयोगका अनुसार २१–४० उमेर समूहका निर्वाचित जनप्रतिनिधि १४ हजार ५६ जना र ४१–९४ वर्षका १९ हजार ८ सय २ जना छन् । ३१–४० वर्ष समूहका १० हजार ७ सय ८ जना छन् । यस्तै ४१–५० वर्ष समूहका निर्वाचित जनप्रतिनिधि १० हजार ७ सय ७८ जना छन् । ५१–६० वर्ष समूहका जनप्रतिनिधि ६ हजार ८ सय ३३ जना, ६१–७० वर्ष उमेर समूहका १ हजार ९ सय ५९ निर्वाचिन भएका छन् । ७१ देखि ८० वर्षका जनप्रतिनिधि २ सय २३ जना, ८१ देखि ९४ वर्षका १५ जना निर्वाचित भएका छन् । ९४ वर्षका २ जना निर्वाचित भएका हुन् ।
निर्वाचन परिणामअनुसार सर्लाही ब्रह्मपुरी गाउँपालिकामा ८० वर्षीय रामपदारथ साह तेली कांग्रेसबाट निर्वाचित भएका छन् । त्यस्तै सर्लाहीकै धनकौल गाउँपालिकामा कांग्रेसका ७८ वर्षीय रामआश्रय साह निर्वाचित भएका छन् । दैलेखका महावु गाउँपालिकामा कांग्रेसका ७५ वर्षीय लछुमण गुरुङ चुनिएका छन् । गाउँपालिका प्रमुख/अध्यक्षमा ३१–४० वर्षका १ सय ३४ जना छन् ।
४१–५० वर्ष उमेर समूहका सबैभन्दा बढी २ सय ७५ जना निर्वाचित भएका छन् । ५१–६० वर्ष उमेर समूहका २ सय ३२ प्रमुखमा निर्वाचिन भएका छन् । ६१–७० वर्षका मात्रै ५७ जना छन् । ७१–८० वर्षका पालिका प्रमुख ९ जना छन् ।
वडाध्यक्षमा पनि ७० वर्षभन्दा माथिका २९ जना छन् । ६ हजार ५ सय १० वडाको नतिजा विश्लेषण गर्दा ४१–५० वर्ष उमेर समूहका सबैभन्दा बढी २ हजार ३ सय २८ जना निर्वाचित भएका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया