पर्वत । जिल्लाको २ गाउँपालिकाहरुमा मतगणना शुरु भएको छ । सात पालिका मध्ये जलजला गाउँपालिका र पैयू गाउँपालिकामा मतगणना शुरु भएको हो । प्राप्त मतपरिणाम अनुसार पैयु १ को टकलाकमा गठबन्धनले अग्रता लिएको छ ।
राती देखि नै दुवै गाउँपालिमा मतगणना शुरु भएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए । बाँकी २ नगरपालिका र ३ गाउँपालिकामा भने शनिवार विहान देखि मतगणना शुरु हुँदैछ ।
यस्तै
पैयू गाउँपालिकाको वडा न १ मा जारी मतगणनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्ष पदमा एमालेका उमेदवारले अग्रता लिएका छन ।
जम्मा गणना ४०० मतगणना हुँदा अध्यक्ष पदमा कांग्रेसका राज मल्ल ठकुरीले २०३ र एमालेका महेन्द्र श्रेष्ठले १७५ मत ल्याएका छन् । यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी जानकी प्रधानले १९१ र एमालेकी यामकुमारी रानाले १९२ मत ल्याएकी छिन् । मतगणना जारी रहेको छ ।