SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/२५ गते
    ७८७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते गठबन्धनभित्र ठूलो ‘खड्को’ रहेको बताएका छन्। उनले ज्योतिषीलाई उदृत गदैै यस्तो बताएका हुन्। ओलीले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर गठबन्धनका अगाडि महासंकट उत्पन्न हुने पनि बताए।

    ‘मैले भनेको होइन। ज्योतिषीले भनेको कुरा गरेको हो। एउटा ग्रह दशा अर्को राजनीति हेर्ने ज्योतिषी हुन्छ,’ उनले भने, ‘दुवै प्रकारका ज्योतिषीहरू गठबन्धनका अगाडि महासंकट उत्पन्न हुन्छ।’

    उनले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्ना नजिकका ज्योतिषलाई बोलाएर महासंकटबारे जानकारी लिन पनि आग्रह गरे। ‘प्रधानमन्त्रीको आफ्नै ज्योतिषि हुनुहुन्छ। उहाँहरूलाई बोलाएर सोधे हुन्छ,’ उनले भने, ‘गठबन्धन रहन्छ रहँदैन भन्ने मेरो कुरा रहँदैन। तर गठबन्धनको सबैभन्दा ठुलो खड्को वैशाख ३० हो। कस्तो दिन रोजेर राख्नुभएछ। उहाँहरुको ढाड नै भाँचिएजस्तो हुन्छ। यो ज्योतिषीको कुरा हो।’

    त्यस्तै ओलीले नेपाल प्रहरीको प्रमुख आईजीपी नियुक्तिमा पनि आपत्ति जनाए। ओलीले नेपालको प्रहरीको आईजीपी नियुक्ति प्रचलित ऐन, कानुन, नियम र अभ्यासविपरीत भएको उल्लेख गरे। यसले प्रहरी संगठन नै धरासायी बनाउने उनले दाबी गरे।

    ‘प्रचलित कानुनबमोजिम होइन ऐन कानुन उल्लंघन गरेर मन लागेको व्यक्तिलाई महानिरीक्षक नियुक्त गरेको छ,’ उनले थपे, ‘यो सरकारले प्रहरी संगठनलाई धारासायी बनाउने काम गरेको छ।’ ओलीको पालामा वरियता मिचेर एआईजी बनाइएका विश्वराज पोखरेललाई आईजीपी नियुक्त नगरिएपछि एमाले आक्रोशित बनेको छ। सरकारले धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि पोखरेल अदालत गएका छन्।

    ओलीले विकास, समृद्धि र स्थिरताको यात्रामा नेपाली कांग्रेस अवरोध बनेको आरोप पनि लगाएका छन्। विकास र समृद्धिको यात्रामा बाधक बनेको कांग्रेसलाई पन्छाउनुपर्ने बताएका हुन्। ‘देशमा स्थायित्व र स्थिरता कायम गर्न एमालेलाई जिताउनुस्। गठबन्धन गर्न जनताको मत चाहिँदैन। अबको पाँच वर्षमा समृद्ध नेपाल बनाएर छाड्छौँ’ उनले भने।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं