
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
सुचनाकेन्द्र डटकम डेस्क, पर्वत । वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी स्वस्थानी रिजाल अकुत सम्पत्तिको मुद्धामा मुछिएकी छन् । सदाचारीताको र भ्रष्टचार बिरोधी नेकपा एमालेको पार्टीबाट उपमेयरमा उम्मेदवारी दिएकी उनको अकुत सम्पत्ति काण्ड बाहिरिएसँगैं इमान्दार कार्यकर्ता यतिखेर झस्किएका हुन् ।
अख्यिार अनुसन्धान आयोगले नै एमाले नेतृ स्वस्थानी रिजाल र उनको श्रीमान बिरुद्ध बिषेस अदालतमा मुद्धा दर्ता गराएको र सो मुद्धा फैसला नभएको भन्दै रिजालको उमेद्बारी खारेजीको माग सहित मुद्धा दर्ता समेत भएको थियो ।
अख्यिार अनुसन्धान आयोग अकुत सम्पत्ती आर्जन गरेको र सम्पत्तीको श्रोत नखुलेको ठहर गरी कारवाहीका लागि विशेष अदालतमा मुद्धा दायर गरेको व्यक्तिलाई कसरी आफ्नो अमूल्य मत दिने भनी इमान्दार कार्यकर्ता चिन्तित बनेका हुन ।
राजस्व अनुसन्धान विभागमा जागिरे रहेका श्रीमती रिजालका श्रीमान् रामजी रिजालले स्रोत खुलाउनै नसकिने करोडौ रकम गै¥हकानुनी तवरले कमाएका थिए । श्रीमान्ले कमाएको अकुत कालो धनलाईलाई सेतो बनाउन उपमेयरकी उम्मेदवार रिजालले विभिन्न व्यापारव्यवसायमा लगानी गर्दै आएको समेत अख्यिार अनुसन्धान आयोगले खुलाएको छ ।
रिजालका पति रामजी २०४१ सालमा नेपाल सरकारको स्थायी कर्मचारी भैइ २०७४ सालमा राजस्व अनुसन्धान विभाग ललितपुरबाट अनिवार्य अवकास लिएका हुन् । उनले सोही अवधिमा स्रोत खुलाउन नसकेको अकुत सम्पत्ति आर्जन गरेका थिए । श्रीमान्ले आर्जन गरेका अकुत सम्पत्तिमा रजाई गरेको पाइएपछि अख्तियारले उपमेयरकी उम्मेदवार रिजाललाई समेत प्रतिवादी बनाएको छ । यस्तो अबस्थामा उनलाई मत दिएर कसरी बिजय गराउन सकिन्छ भन्दै एमाले कार्यकर्ताहरुमा नै नेतृत्व प्रति तिब्र आक्रोस रहेको समाचार श्रोतहरु बताउँछन् ।
नाम नखुलाउन आग्रह गर्दै एक नेताले सुचनाकेन्द्र डटकमलाई भने यो त पार्टीको निर्णय भएर बाध्यतामा हिडिएको छ तर उहाँको पक्षमा नागरीकहरुमा राम्रो बुझाई छैन, यसको कारण पुरै कुश्मा नगर कै चुनावमा एमाले पराजय भन्न सक्ने अबस्था छ उनी भन्छन् ।
अख्तियार अनुसन्धान आयोगका अनुसार रिजाल र उनको श्रीमान्ले रु.२,९७,३८,३१० दुई करोड सन्तानव्वे लाख अठतिस हजार तीन सय दश रुपैयाँ श्रोत नखुलेको रकम आर्जन गरेका छन् । भ्रष्टचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टचार निवारण ऐन २०५९ को दफा २ को उपदफा १ बमोजिम भ्रष्टचार गरेका पुष्टि हुन आएको अख्तियारले उल्लेख गर्दैै कारवाहीको माग गरी विशेष अदालतमा मुद्धा दर्ता गरी सो मुद्धा विचाराधिन रहेको छ ।

चुनावमा निर्वाचन अधिकृतको कार्यालय पर्वतमा स्वस्थानी रिजालका विरुद्ध उनको उम्मेदवारी खारेजीको माग गर्दै मुद्धा परेको थियो । सो समयमा निर्वाचन अधिकृतले अहिले मुद्धा अदालतमा फैसला नभएको अबस्थामा निर्वाचनमा भाग लिन पाए पनि रिजालको बिरुद्धमा फैसला आउना साथ सो पद खाली हुने बताएका थिए । त्यसकारण चुनावमा उपमेयर जिति हाले पनि स्वतः उनको पद जाने र पुनः उपमेयरको उपनिर्वाचन गर्नु पर्ने हुन्छ ।
विशेष अदालतमा भ्रष्टचारको मुद्धा खेपिरहेकी रिजाललाई उपमेयर जस्तो अर्धन्यायिक भूमिका खेल्नुपर्ने महत्वपूर्ण पदमा उम्मेदवारी दिन लगाउने एमाले पार्टीका नेताका विरुद्ध अहिले इमान्दार कार्यकर्ता पंक्ति नै आक्रोशित बनेका छन् । भ्रष्टचारको आरोपमा मुद्धा खेपिरहेकी पात्र यदि हारेमा यसले सिंगो पार्टी र संगठनकै बेइज्जती हुने डर आम एमाले कार्यकर्ता पंक्तिमा छ ।
इमान्दार र त्याग गरेका दर्जनौ एमाले नेतृहरु मुगा पोखरेल, कमला पन्त, सरस्वती भण्डारी लगायतका हुँदाहुँदै किन भ्रष्टचारको मुद्धा विशेष अदालतमा विचाराधिन रहेकी रिजाललाई उपमेयरको उम्मेदवार बनाईयो ? यतिखेर यो प्रश्नले एमालेका कार्यकर्ता मात्र हैन भ्रष्टचार विरोधी न्यायप्रेमी समस्त जनसमुदायलाई घोचिरहेको छ ।
सवैभन्दा बढी चिन्ता भने पार्वती जन्मेको पवित्र भूमि पाङका न्यायप्रेमी जनसमुदायलाई परेको छ । त्यहीका एक एमाले पार्टीमा मत राख्ने हरि रिजालले भने –भ्रष्टचारीलाई किरा परोस् भन्ने हामीले भ्रष्टचारकै आरोपमा मुद्धा खेपेकी स्वस्थानीलाई भोट दिदा त हात काम्ने होला नि ? उनको यो भनाईसँगै भेगीय नारा लगाई भोट तान्ने एमालेको चतुराई फेल खाने भएको छ । उपमेयरकी उम्मेदवार रिजालको गाउँ पाङ भएकोले उनको पक्षमा भेगीय नारा लगाई भोट तान्ने दाउ एमाले पार्टीको थियो ।
यस्तो छ अख्यिार अनुसन्धान आयोगले नै एमाले नेतृ स्वस्थानी रिजाल र उनको श्रीमान बिरुद्ध बिषेस अदालतमा दर्ता गराएको मुद्धा



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया