SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/२४ गते
    ८४० &#२३४६;&#२३३५;&#२३२५;

    जनकपुरधाम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बागी उम्मेदवारलाई मत नदिन आग्रह गरेका छन् । जनकपुरधाममा शनिबार पाँच दलीय गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले बागीलाई भोट दिएर बेहाल गर्न नहुने बताए ।

    ‘यहाँ (जनकपुरधाम) मा बागीले जितेको इतिहास छ’ पौडेलले भने, ‘व्यवस्थित सुन्दर शहर बनाउनका लागि गठबन्धनका उम्मेदवारलाई भोट दिनुहोला ।’

    नेपाली कांग्रेसबाट राजीनामा दिएर जनकपुरधामको मेयरका लागि मनोज साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेलले साहलाई नै इंगित गर्दै बागीलाई भोंट दिएर बर्बाद गर्न नहुने बताए ।

    २०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले दिगम्बर रायलाई जनकपुरको मेयरको टिकट दिएपछि स्वतन्त्र उम्मेदवारी दिँदै वृषेशचन्द्र लालले जितेका थिए ।

    त्यतिबेला कांग्रेसबाटै असन्तुष्ट भएर उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका लालकिशोर साह (निवर्तमान मेयर) ले पनि जित हात पारेका थिए ।

    २०५४ सालमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले दामोदारप्रसाद उपाध्यायलाई टिकट दिँदा बजरंगप्रसाद साहले स्वतन्त्र उम्मेदवारी दिएर जित हात पारेका थिए ।

    नेता पौडेलले कांग्रेस अब अन्तरघातले चल्न नसक्ने भन्दै सबैलाई एकजुट भएर अगाडि बढनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं