SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/२३ गते
    ८९० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनभन्दा प्रतिगमन धेरै शक्तिशाली रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै केसीले प्रतिगमनलाई परास्त गर्न वामपन्थी–प्रजातान्त्रिक गठबन्धन बनेको बताए ।

    पाँच दलका बीच थुप्रै बेमेल रहे पनि प्रतिगमनविरुद्ध आफूहरु एक ठाउँमा उभिएको उनले प्रस्ट पारे । ‘हामी गणतन्त्रका लागि एक ठाउँमा छौं,’ उनले भने । गठबन्धनको यस्तो अभ्यास यसअघि पनि पटकपटक भइसकेको भन्दै उनले पञ्चायत विरोधी आन्दोलन, २०६२/६३ को जनआन्दोलन समेत गठबन्धनकै बलमा परिणाममुखी भएको बताए ।

    ‘पाँच दलीय गठबन्धनले परिणाम देखाउँदै गएपछि अहिले प्रतिगमनकारीहरु अनेक आरोप लगाएर हिँडिरहेका छन्,’ उनले भने, ‘आफ्नै पार्टीभित्र त समस्या छ भने फरक विचार बोकेर हिँडेका पाँच दलभित्र प्रशस्त बेमेल छ तर पनि गणतन्त्र जोगाउने सवालमा हामी एक ठाउँमा छौं ।’

    उनले ‘एमसीसीको विरोध गर्ने चित्रबहादुर अहिले एमसीसी पारित गर्ने दलहरुसँगै मिलेको’ भनेर आफूप्रति आरोप लगाउनेलाई ‘प्रतिगामीका मतियार’ संज्ञा दिए । उनले भने, ‘चित्रबहादुर गिरिजाबाबु, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसँग पनि गठबन्धन गरेर हिँडेको थियो, आज शेरबहादुर, रामचन्द्रसँग पनि गरेर हिँडेको छ ।’

    कतिपय कुरामा बेमेल रहे पनि जनताको अधिकार, गणतन्त्र, संसदीय व्यवस्था जोगाउन आफू गठबन्धनमा आवद्ध भएको उनले बताए । ‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन,’ उनले भने, ‘नेपालमा प्रतिगमन एक्लै छैन ।’

    २०७४ सालको निर्वाचनमा आफूहरुले एमालेसँग तालमेल गरे पनि प्रतिनिधिसभा विघटन गरेर संसदीय व्यवस्थालाई नै समाप्त पार्न खोजेपछि एमालेसँग नाता तोडेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं