काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँले काठमाडौं महानगरको मेयरमा सिर्जना सिंह र उपमेयरमा रामेश्वर श्रेष्ठलाई जिताउने अभियानलाई सफल पार्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले सिंह र श्रेष्ठलाई जिताउनुको विकल्प नरहेको बताए।
सिर्जना सिंह सक्षम महिला हुनुहुन्छ। एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठ हुनुहुन्छ । उहाँहरुलाई जिताउन सबै लागौं,उनले भने, २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसले जितेको थियो ।
पीएल सिंहको नेतृत्वमा महानगर निकै राम्रो बनेको थियो । २०५४ सालमा स्थापितले जिते । उनले काम नै गरेनन् । मानसिक विचलन भइसकेका व्यक्ति हुन कि जस्तो लाग्छ ।
महिला दिदीबहिनीको आत्मसम्मानमा ठेस पुर्याउने काम गरे ।स्थापितले जनाधिकार लत्याका छन् । उनमा प्रशासनिक दम्ब छ ।
उनले अहिले काठमाडौंमा शिक्षा, स्वास्थ्य अस्तव्यस्त भएको र विकास निर्माणका काम चुस्त दुरुस्त हुन नसकेको बताए । एमालेप्रति संकेत गर्दै बानियाँले काल्पनिक कुरा मात्रै गर्ने गरेको बताए ।