SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/१९ गते
    १३८५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार रहेका केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) माथि अराजक गरेका छन् ।

    उनले बालेनलाई अन्तर्राष्ट्रिय ठग भएकोसमेत आरोप लगाए।

    ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। यो त अन्तर्राष्ट्रिय ठग रहेछ,’ काठमाडौंमा आज आयोजित पार्टी कार्यक्रममा स्थापितले भने, ‘युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या। हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न। सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छरु’

    उनले बालेनलाई दर्तावाल ठग भएको आरोप लगाए।

    ‘सुरूवातमै ठग। दर्तावाल ठग,’ उनले भने, ‘सबै काठमाडौंबासीलाई ढाँट्न पाइन्छरु मधेशको मान्छे मेयर आँट गरेर आउनु पर्दैन? आँटचाहिँ केही छैन। जहिले पनि चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत रैनछ। फेस टु फेस बसेर कुरा गर्नुपर्‍यो नि!’

    बालेनलाई काठमाडौंमा कति मानिस बस्छन् भन्नेसमेत थाहा नभएको स्थापितले दाबी गरेका थिए। ‘यस्तो मानिसको पछि युवा लाग्नेरु,’ उनले भने, ‘उहाँहरूसँग मैले प्रतिस्पर्धा गर्नु छैन।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं