
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
काठमाडौं । ‘काठमाडौंका जनजनको चाहना, यसपालि मेयरमा दिदी सिर्जना’ लेखिएको व्यानरसहित सिर्जना सिंह काठमाडौंको मेयर पदमा उम्मेदवारी दिन सोमबार राष्ट्रियसभा गृह पुगेकी थिइन् । सिर्जना सँगसँगै थिए, नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह ।
असिन पसिन प्रकाशमान नेता कार्यकर्ताको अभिवादन फर्काउँदै सिर्जनाको उम्मेदवारी दर्ता गर्न पुगेका थिए । सिंहले पत्नी सिर्जनालाई उम्मेदवारी दर्तामा जसरी साथ दिए, कांग्रेसबाट मेयरको टिकट दिलाउन त्योभन्दा बढी कसरत गरेका थिए ।
नभए सिर्जनाको ठाउँमा तीर्थराम डंगोलको उम्मेदवारी सोमबार दर्ता हुन सक्थ्यो । किनकि सभापति शेरबहादुर देउवाको रोजाइमा मेयरका उम्मेदवार डंगोल नै थिए । देउवा निकट नेताहरुका अनुसार उनले डंगोललाई आश्वासन दिइसकेका थिए ।
प्रकाशमानकै समूहका वर्तमान उपमेयर हरिप्रभा खड्गी, काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष एवम् कांग्रेसको महानगर समितिका सभापति निलकाजी शाक्य र नगर समितिका सचिव सुशन बैद्य मेयरमा दावेदार थिए ।
तर जब उम्मेदवारको दौडमा सिर्जनाको प्रवेश भयो, अरुको दाबेदारी स्वतः कमजोर जस्तै बन्न पुग्यो । निलकाजी र हरिप्रभाले ‘सिर्जना होइन, म उठ्छु’ भन्ने आँटसम्म गरेनन् ।
नेताहरुका अनुसार निलकाजीले त ‘यदि सिर्जना भाउजु उठ्ने हो भने म त दाबी नै गर्दिनँ’ भने । महामन्त्री गगन थापा पक्षले सुशन वैद्यलाई उम्मेदवार बनाउन चाहन्थ्यो । तर सभापति देउवाले सुन्नै चाहेनन् ।
उम्मेदवारबारे प्रारम्भिक छलफल हुँदा नहुँदै सभापति देउवाले ‘प्रकाशमानले झगडा गरेर गएको छ’ भनेपछि सिर्जना मेयरको उम्मेदवार बन्ने पक्काजस्तै भएको थियो ।त्यसैले ललितपुर र विराटनगरको मेयरका उम्मेदवारबारे पार्टीभित्र लम्बेतान छलफल हुँदा सिर्जना सिंह निर्विकल्पजस्तै बन्न पुगिन् ।
देउवाले फर्काएको गुन
टिकट वितरणको अधिकार संसदीय समितिबाट आफूमा लिएका सभापति देउवा मंसिर २०७८ मा संकटमा थिए । १४औं महाधिवेशनमा देउवाले सभापति दोहोरिन ५० प्रतिशत मत कटाउन सकेनन् ।
देउवापछि धेरै मत ल्याएका डा. शेखर कोइरालालाई सभापतिका उम्मेदवारद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिले साथ दिएको भए दोस्रो चरणको नतिजा देउवाका निम्ति प्रतिकुल बन्न सक्थ्यो । किनकि महाधिवेशनमा एउटै प्यानल बनाउन छलफल गरेका डा. शेखर, प्रकाशमान र विमलेन्द्रबीच दोस्रो चरणमा पुगे दोस्रो हुनेलाई साथ दिने विषयमा छलफल पनि भएको थियो । तर सिंह आफ्नै अडानमा टिक्न सकेनन् ।
२८ मंसिरमा आफ्नै निवास चाक्सीबारीमा आएका देउवालाई सिंहले समर्थनको वचन दिए । १२औं महाधिवेशनपछि ‘देउवा इतर’ पक्षमा रहेका सिंहको निर्णय देउवाका लागि सञ्जिबनी बुटी बन्यो । निधि र कल्याण गुरुङले पनि साथ दिएपछि देउवा फेरि सभापति चुनिए ।
नेताहरुका अनुसार, त्यो बेला देउवा समूहका नेताहरुले दिएको आश्वासन र देउवाकी पत्नी आरजुसँग सिर्जनाको सम्बन्धका कारणले सिंह देउवालाई समर्थन गर्न राजी भएका थिए ।
सभापति देउवाले पनि सभापति निर्वाचित भएको ५ महिना नपुग्दै सिर्जनालाई काठमाडौंको मेयरको उम्मेदवार बनाएर प्रकाशमान र सिर्जनाको गुन तिरेका छन् ।
सिर्जना भने पार्टीमा आफ्नो योगदान रहेको जिकिर गर्छिन् । प्रकाशमानले सभापति बन्न देउवालाई सघाएको कारण मेयरको टिकट पाउनुभएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘म गणेशमान सिंहको बुहारी हुँ, मंगलादेवीको बुहारी पनि हुँ । प्रकाशमानको श्रीमती पनि हुँ । यो लुकाएर छिपाएर छिप्ने कुरा होइन । तर प्रकाशमान सिंहलाई चिन्नुभन्दा अगाडि मेरो आफ्नै राजनीतिक योगदान छ । यो देशमा प्रजातन्त्र ल्याउन, महिलाहरुको उत्थान गर्न संघर्ष गरेको छु ।’
फेरि सक्रिय राजनीति
मेयरको टिकट पाएसँगै सिर्जना करिब ३२ वर्षपछि सक्रिय राजनीतिमा फर्किएकी छन् । सिर्जनाले पञ्चायती शासन व्यवस्थामा सक्रिय राजनीति गरेकी थिइन् ।
२०३३ सालमा कांग्रेसमा आवद्ध भएकी सिर्जना २०३५ देखि २०३८ सम्म महाबौद्ध क्याम्पसको इकाइ सभापति बनिन् । बीपी कोइरालाको स्वास्थ्य उपचारका लागि चन्दा संकलन गर्ने क्रममा २०३७ सालमा उनी गिरफ्तारीमा परेकी थिइन् ।
महिलाका तर्फबाट २०३६ सालमा बहुदलीय प्रचार प्रसार समितिको गोरखा जिल्ला अध्यक्ष बनेकी थिइन् । २०३९ सालमा शंकरदेव क्याम्पसमा पम्फा भुसाललाई हराएर स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । २०४२ सालमा कांग्रेस, काठमाडौंका नेता प्रकाशमानसँग बिहे गरेपछि भने राजनीतिक सक्रियता घट्यो ।
विवाह पश्चात् सक्रिय राजनीतिमा कमी आएको सिर्जना स्वीकार गर्छिन् । ससुरा गणेशमान सिंह, सासु मंगलादेवी सिंह तथा पति प्रकाशमान सबै बहुदलीय व्यवस्थाका लागि आन्दोलनमा लाग्न पारिवारिक वातावरण आफूले निर्माण गरेको उनको दाबी छ ।
भन्छिन्, ‘बिहे गरेपछि राजनीतिमा कुनै पद लिएर बसेको थिइनँ । तर महिला संघको सल्लाहकार भएर राजनीतिक रुपमा गर्नुपर्ने काम गरिरहेकै थिएँ ।’
सिर्जना २०५४ सालदेखि निरन्तर महिला संघको काठमाडौं जिल्ला समितिको सल्लाहकार छिन् । कांग्रेसको ११औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी सिंह, १२ र १३औं मा महाधिवेशन प्रतिनिधि पनि भइनन् । तर १४औं महाधिवेशनमा भने काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्विरोध रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन् ।
प्रकाशमान कांग्रेस सभापति बन्न नसके पनि पत्नी सिर्जनाको सक्रिय राजनीतिले भने त्यहीबाट गति लियो । ट्वीटरमा सक्रिय उनले ८ चैतमा काठमाडौंमा महिलालाई मेयर बनाउनुपर्ने भन्दै ट्वीट गरिन् ।
महिला संघ, काठमाडौंले सायद सिर्जनाको चाहना बुझेको हुनुपर्छ । नभन्दै ६ दिनपछि १४ चैतमा उनलाई नै मेयरको उम्मेदवार बनाउने निर्णय भयो ।
यसबारे सिर्जनाले सार्वजनिक रुपमा केही बोलिनन्, तर आफ्नो पक्षमा निरन्तर माहोल बनाइरहिन् । महिला संघ र नेविसंघको काठमाडौं समितिलाई उनले आन्तरिक रुपमा परिचालित गरेको नेविसंघ काठमाडौंका जिल्ला तहका एक नेता टिप्पणी गर्छन् । ‘उम्मेदवार बन्ने चाहना नभएको भए महिला संघ र नेविसंघलाई डेलिगेसनका लागि किन बोलाउनु हुन्थ्यो र ?’, ती नेता भन्छन् ।
सिर्जना भने यो मान्न तयार छैनन् । ‘नेविसंघका कार्यकर्ता बोलाएको भए म किन निम्तो मान्न जाने थिएँ र ? उहाँहरु आएको थाहा पाएपछि आएकी हुँ’, ५ वैशाखमा नेविसंघका काठमाडौंका नेता कार्यकर्तालाई भेटेपछि सिर्जनाले अनलाइनखबरसँग भनेकी थिइन् । सोमबार मेयरमा उम्मेदवारी दर्ता गरेकी सिर्जनालाई माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को समर्थन छ ।
नेकपा एमालेले पूर्व मेयर केशव स्थापितलाई उम्मेदवार बनाएको छ भने विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटा, स्वतन्त्र उम्मेदवार बालेन शाह लगायतले पनि उम्मेदवारी दिएका छन् ।
एमाले उम्मेदवार स्थापितले गठबन्धन (सिर्जना)ले भन्दा दोब्बर मत ल्याएर मेयर जित्ने दाबी गर्छन् । उनलाई सिर्जनाको जवाफ छ, ‘३० गतेपछि देखिहाल्नु हुन्छ नि !’


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया