
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
चितवन । भरतपुर महानगरपालिका, चितवनमा यसपटक पनि स्थानीय तहको निर्वाचन पेचिलो बन्ने देखिएको छ । निर्वाचनको औपचारिक माहौल सोमबारबाट सुरु भएसँगै मेयर पदमा प्रमुख दुई उम्मेदवार विजय सुवेदी र रेनु दाहालबीचको प्रतिस्पर्धा रोचक र जटिल हुने विश्लेषण हुन थालेको छ ।
अघिल्लो पटकको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका देवी ज्ञवाली र कांग्रेस-माओवादी केन्द्र गठवन्धनबाट उम्मेदवार रहेकी रेनु दाहालका बीचमा भएको प्रतिस्पर्धाले साराको ध्यान खिचेको थियो । उक्त निर्वाचनमा एमाले उम्मेदवार ज्ञवाली, दाहालसँग २०३ मतको झिनो अन्तरले पराजित भएका थिए ।
यसपटक एमालेबाट देवीको सट्टामा विजय सुवेदी मैदानमा छन् भने रेनु दोस्रोपटक मेयर बन्न चाहेकी रेनुलाई नेपाली कांग्रेससहित सत्तारुढ गठबन्धनको साथ छ । सुवेदी बागमती प्रदेशको सांसद पदबाट राजीनामा दिएर भरतपुरको मेयर लड्न आएका हुन् भने रेनुले पनि मेयर पदबाट राजीनामा दिएकी छन् । सुवेदी र दाहाल दुबैले सोमबार दिउँसो मेयर पदमा उम्मेदवारी दर्ता गराए ।
दिउँसो करीव २ बजे एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विजयले उम्मेदवारी दर्ता गराए । उनको प्रस्तावक उनै देवी ज्ञवाली भए भने सर्मथक चितवन क्षेत्र नं. २ का सांसद समेत रहेका कृष्णभक्त पोखरेल थिए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उम्मेदवार सुवेदीले भरतपुरका योजनावद्ध विकासका लागि आफू मेयरमा उठ्ने र जित्ने बताए ।
सुवेदीले उम्मेदवारी दर्ता गराएर फर्किंदै गर्दा भरतपुरका चौबीसकोठी छेउछाउमा भने फरक-फरक दृश्य देखिन्थे ।राजमार्गभन्दा माथि अस्पताल रोडमा कांग्रेसबाट भरतपुर महानगरमा रेनुविरुद्ध बागी उम्मेदवारी दिने कार्यकर्ता बाजागाजा र चारतारे झण्डासहित भेला भएका थिए भने राजमार्गभन्दा तल माओवादी केन्द्रका नेता कार्यकर्ता उम्मेदवारी दर्ताका लागि जम्मा हुँदै थिए ।
दिउँसो करिब ३ बजे कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गराए । चितवनमा कांग्रेस पार्टी जोगाउन मेयरमा उम्मेदवारी दिएको उनको दाबी छ । पौडेलले उम्मेदवारी दर्ता गराएको करिब १ घण्टापछि सत्ता गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले उम्मेदवारी दर्ता गराइन् । कांग्रेसकी प्रदेश सांसद गीता वाग्ले र उपप्रमुखमा उम्मेदवार रहेका चित्रसेन अधिकारीको उपस्थितिमा मेयर पदमा उम्मेदवारी दिएकी उनले कांग्रेसबाट उठेका बागीले खासै फरक नपर्ने प्रतिक्रिया दिइन् ।
रेनुले उम्मेदवारी दर्ता गरिसक्दा पनि अधिकारीको टिकट नआएको कारण केहीबेर कार्यालयमै उनीहरु रोकिएका थिए ।
भरतपुरमा यसपटक एमाले र राप्रपाका बीचमा चुनावी तालमेल भएको छ । राप्रपाबाट उपमेयर उम्मेदवार टुंगो लाग्न समय लाग्दा ढिलो गरी हिमला गुरूङले उपमेयरमा उम्मेदवारी दर्ता गरिन् ।
बागीकै डर, बागीकै भर
भरतपुरमा कांग्रेसको जनमत कतातिर कसरी जान्छ भन्ने कुराले जित हारको निर्धारण गर्ने अनुमान गरिएको छ । कांग्रेसबाट बागी बनेर उठेका पूर्वसांसद पौडेलले बढीभन्दा बढी मत काटेमा एमालेका उम्मेदवार सुवेदीलाई जित भेट्टाउन सजिलो हुने देखिन्छ । एमाले चाहना पनि, कांग्रेसको कतिपय मत आफूतिर आओस्, नभए बागीले काटोस् भन्ने छ ।उम्मेदवारी दर्ताअघि बीपी कोइरालाको शालिकमा माल्यापर्ण गर्ने सुवेदीको कदम पनि यो चाहबाट प्रेरित देखिन्छ ।
उम्मेदवारी दर्ता गर्न जानुअघि एमाले पार्टी कार्यालयमा मदन भण्डारी र जीवराज आश्रतिका शालिकमा फूलमाला चढाएका सुवेदीले, एक किलोमिटर पर क्यान्सर अस्पतालभित्र रहेको बीपी कोइरालाको शालिकमा पनि फूलमाला चढाउन पुगे । उनी यतिमा मात्रै रोकिएनन्, २०६२/०६३ को जनआन्दोलनकी सहिद तुलसी क्षेत्रीका छोरालाई सम्मान गर्दै आर्शिवाद लिए । उनले आफूलाई सबैप्रति समभाव राख्ने नेताको रुपमा चित्रित गर्न सोमबार गरेका यी सबै गतिविधि भोट र भरतपुरका नागरिकको सुवेक्षा बटुल्ने प्रयास हो ।
जसरी सुवेदीले बागी उम्मेदवारको भर गरेका छन्, त्यही खालको डर फेरि मेयर बन्ने आकांक्षासहित उम्मेदवारी दिएकी रेनुलाई छ । जिल्लामा राम्रो छवि बनाएका पौडेलले कांग्रेसको मत धेरै काट्दा त्यसको फाइदा विपक्षी उम्मेदवारलाई हुने हो कि भन्ने डर उत्तिकै छ । कांग्रेसभित्र यसपटक माओवादीलाई मत दिनहुन्न भन्ने जमात अघिल्लो चुनावमा भन्दा धरै छन् ।
बागी उम्मेदवार रहेका पौडेलले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने जनाएका छन् । हरेक वडा वडामा चारतारे झण्डा बोकेर कांग्रेसका वडाध्यक्ष उम्मेदवारलाई जिताउन र आफूलाई मत माग्न जाने सोच बनाएको पौडेलको भनाइ छ । पौडेल अडानमा रहे र माओवादीप्रति असन्तुष्ट पक्ष अन्तिम समयसम्म एक ढिक्का रह्यो भने भरतपुरमा सत्ता गठवन्धनलाई गाह्रो हुने देखिन्छ ।
सत्ता गठवन्धनका अन्य सहायक तीन दल एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको जनमत उति राम्रो छैन । ‘कांग्रेसलाई एक्लै चुनाव लड्ने बनाउन’ भन्ने नारा दिएर जिल्ला सभापति जितेका राजेश्वर खनाललाई समेत गठवन्धनलाई एकमत बनाएर चुनावमा लैजाने निकै मुस्किल छ । उनले प्रधानमन्त्री समेत रहेका पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई बालुवाटारमै जिताउने जिम्मा लिन नसक्ने बताएका थिए । भोलि चुनाव हारे पनि दोष आफूतिर नआओस् भनेर सभापति खनालले यस्तो रणनीति बनाएको बुझ्न सकिन्छ । अहिलेको कांग्रेसको जिल्ला नेतृत्व पहिलाको भन्दा ‘रिजिड’ भएको अनुभूति माओवादी पक्षले समेत गरेको छ ।
गएको निर्वाचन र यसपटक फरक के छ ?
२०७४ को स्थानीय तहको निर्वाचन र यसपटक नतिजालाई हेरफेर पार्न सक्ने केही ‘फ्याक्टर’हरु छन् ।अघिल्लोपटक १ लाख ५० हजार २७४ रहेको भरतपुरको मतदाता यसपटक बढेर १ लाख ८५ हजार ७५२ पुगेको छ । बढेको ३५ हजार मत कुन दलतिर बढि आर्कषित छ र युवाहरूलाई लक्षित गरेर कसले कार्यक्रम दिन सक्छ भन्ने कुराले ठूलो अर्थ राख्छ ।
अघिल्लो पटक कांग्रेस र माओवादीको बीचमा चुनाव तालमेल भएर रेनु उम्मेदवार बनेकी थिइन् । यसपटक एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी, राजमो र जसपा पनि साथमा छ । त्यसले केही न केही जनमतलाई बढाउन बल दिन्छ । अघिल्लो चुनावमा भरतपुरमा एक्लै चुनाव लडेको एमालेले पनि राप्रपाको साथ पाएको छ । गत चुनावमा काठमाडौं लगायतका ठाँउमा राप्रपासँग गठवन्धन गरेको एमालेले भरतपुरमा पनि गरेको भए परिणम फरक हुनसक्थ्यो । किनकी एमाले उम्मेदवार ज्ञवाली थोरै मतले हारेका थिए ।
राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको समेत निर्वाचन क्षेत्र महानगरमा पर्ने र राप्रपाको जनमत राम्रै भएकाले अघिल्लोपटक भन्दा यसपटक केही फरक हुने देखिन्छ । अघिल्लो पटकको निर्वाचनमा रेनु भरतपुरका लागि नयाँ थिइन् । तर यो पाँच वर्षको अवधिमा उनले महानगरमा बनाएको सम्बन्ध र सम्पर्क उनका लागि अर्को अनुकलता हो । दुबैका आ-आफ्ना चुनौतीका बीच आगामी निर्वाचन कसले जित्ला ? फेरि पनि भरतपुर चर्चाकै केन्द्रमै छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया