कपिलवस्तु ।
नेपाली कांग्रेस पार्टी कपिलवस्तु कृष्णनगरले प्रमुखमा रजत प्रताप शाह उप प्रमुखमा आरती देवी कुर्मी सहित ११ वडामा वडाध्यक्ष पदमा निर्वाचनको कार्यालय रहेको कृष्णनगर नगरपालिका मनोनयन उम्मेदवारी दर्ता गरेका छन ।
बहादुरगंजबाट सयौं गाडी तथा हजारौं समर्थकका साथ निस्किएको र्याली कृष्णनगरको गोलघर हुदै पद यात्राका साथ प्रमुख उप प्रमुख लगायत ११ वटा वडाका प्रतिनिधिहरुको सामुहिक रुपमा उम्मेदवारी दर्ता गरेका छन ।
उक्त उम्मेदवारी दर्तामा संघीय सांसद अभिषेक प्रताप शाह, प्रदेश सांसद विरेंद्र कुमार कनोडिया, क्षेत्रीय सभापती ब्रम्हानन्द उपाध्याय लगायतका नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता भएको थियोे ।