
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठक बिहीबार काठमाडौंमा बस्यो । पार्टीको दशौं महाधिवेशन सकिएको ६ महिनापछि बसेको बैठकको उद्घाटनमा प्रमुख वक्ता थिए, एमाले अध्यक्ष केपी शर्मा ओली ।
आउँदै गरेको स्थानीय तहको निर्वाचन केन्द्रित सल्लाह दिन परिषद्ले बैठक बोलाएको थियो । तर ओलीले सल्लाहकार परिषदलाई उल्टै सल्लाह दिएर हिडेँ, त्यो पनि निर्देशनकै शैलीमा ।
एक घण्टा बढी सम्बोधन गरेका ओलीले सुरुमा एमाले र माओवादी केन्द्रबीचको एकता, एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको अन्तरसंघर्ष र आफू नेतृत्वको दुई तिहाइ बहुमतको सरकारले गरेको कामबारे चर्चा गरे । यो विषयमा चर्चा गर्दा ओलीले पटक पटक पुष्पकमल दाहाल प्रचण्डलाई ‘प्रचण्ड गुट’ भनेर सम्बोधन गरे, माधवकुमार नेपाललाई ‘माकुने’ भनेर ।
प्रचण्ड र माधव नेपालको कब्जामा पार्टीलाई जान नदिन आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण दिँदा पनि उनले ‘प्रचण्ड गुट’ र माकुने भनेर सम्बोधन गरे ।
सम्बोधनका क्रममा उनले सत्ता गठबन्धनको आलोचना गरे । झापामा पाँच दल नभएर ६ दलीय गठबन्धन बनेको भन्दा उनले माओवादी केन्द्रलाई ‘प्रचण्ड गुट’ र माधव कुमार नेपाललाई ‘माकुने’ भनेर सम्बोधन गरेका थिए ।
‘झापामा मेरै निर्वाचन क्षेत्रमा राजावादी राप्रपाको उम्मेदवारलाई कांग्रेस, माकुने, प्रचण्ड सब मिलेर सबै गुटहरुले साझा उम्मेदवारको रुपमा मानेर एमाले विरुद्ध आइसके । यो पाँचदलीय होइन, ६ दलीय गठबन्धन भइसक्यो’ अध्यक्ष ओलीले भने ।
कांग्रेसको वास्तु
ओली कम्युनिस्ट नेता हुन् । तर उनले बिहीबार नेपाली कांग्रेसको वास्तुकै विश्लेषण गरे । कांग्रेसको वास्तुको ब्याख्या गर्दै गर्दा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस बाहेकका दलहरुलाई अलच्छिन तत्वको संज्ञा दिए ।
‘एउटा चुनौतीको शक्ति हुन्थ्यो नेपाली कांग्रेस, तर राम्रो गर्यो । नेपाली कांग्रेस अब नीति, विचार, संगठन, व्यवहार, ग्रहदशा, नक्षत्र, वास्तुको हिसाबले सकिँदैछ’ ओलीले भने । कांग्रेस सकिनुको कारण हाप्सिला बोकेर हिँड्नु रहेको उनको तर्क छ । ‘अलच्छिन जति बोकेर हिँडेको छ,’ कांग्रेसको सहयात्री दलहरुबारे ओलीको टिप्पणी छ, ‘सहयात्रीहरु हाप्सिला जस्ता छन् ।’
‘हाप्सिलो भन्ने थाहा छ नि तपाईंहरुलाई ?’ एमाले अध्यक्ष ओलीले अघि भनेका छन्, ‘हाप्सिलो कतै जान लागेका बेला अगाडिपट्टि हाफ् हाफ् गरेर कराउँछ त्यसरी करायो भने अलच्छिन भन्छन् । हाप्सिलै हाप्सिला काँधमा बोकेर, खोकिलामा बोकेर कांग्रेस हिँडको छ । यो भन्दा अलच्छिन के हुन्छ ?’
आफैंले गरेको प्रश्नको जवाफ उनी आफैं दिन्छन्, ‘यिनीहरुका ग्रह, दशा नक्षत्र जन्मकुण्डली सबैसबै कुराले कांग्रेस पनि एकमुष्ट यो गठबन्धनसँगै जाने भयो ।’
ओलीले यस्तो भाषण गर्दा सहभागीले ताली बजाए । ओलीले अघि भने, ‘भैंसी लड्न खोज्यो भने तपाईं समाउनुस् भैँसीलाई, तर आफू समेत भीरमा जाने गरी भैंसी नसमाउनुहोला ।’
आफूसमेत भीरमा लड्ने गरी कांग्रेसले भैंसी समाउन खोजेको भन्दै उनले भने, ‘अहिले यो चारपाँच वटा भैँसी समातेर भैसी सँगै आफू समेत भीरमा जाँदैछ । भैँसी त गए गए, भेँडा त गए गए, कांग्रेस पनि भेँडासँगै भीरतिर जाँदैछ । यिनका बुद्धिले ठीकै भएको छ ।’
अस्वभाविक लागेन : परिषद अध्यक्ष बोहोरा
ओलीले सम्बोधनका क्रममा प्रयोग गरिएको शब्दहरुबारे सोधिएको प्रश्नमा एमाले सल्लाहकार परिषदका अध्यक्ष अमृत बोहराले अस्वभाविक नलागेको प्रतिक्रिया दिएका छन् । ‘केपी कमरेडको शैली आफ्नै खालको छ । त्यसकारण उहाँको आजको सम्बोधन धेरै अस्वभाविक लागेन’ बोहराले अनलाइनखबरसँग भनेका छन्, ‘धेरै भन्ने चलन छ उहाँको । आज उहाँको धेरै कम भएको हो ।’
बिहीबारको सम्बोधनलाई अध्यक्षले परिषदलाई सल्लाह दिएको रुपमा लिन भने बोहरा तयार छैनन् । भन्छन्, ‘उहाँले सल्लाह दिनुभएको होइन, आफ्नो कुरा राख्नुभएको हो । सल्लाह हामीले दिने हो र त्यो सल्लाह हामी भोलि दिन्छौं ।’
ओलीले अरु दलप्रति ‘घृणा’ बढाउने सम्बोधन गरिरहँदा हलमा ताली समेत बजेको थियो । ताली बजाउनेले त्यही शब्द प्रयोग नगर्लान् र ? भन्ने प्रश्नमा बोहराले भने ‘परिषदमा सबै विज्ञ मात्रै छैनन् । विधानका कारणले युवाहरु पनि आएका छन् ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया