
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको बताएका छन् । स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन र अनफेयर खालको कुनै पनि गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि गर्न नदिने दाबी गरेका हुन् ।
बुधबार ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीलाई एक युवाले ‘एक मेहनति युवा र ७ करोड रकम दिनेमध्ये कसलाई चुनावमा टिकट दिनुहुन्छ ?’ भनि प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिने क्रममा उनले एमालेलाई कुनै पनि खालको प्रलोभनमा पार्न सम्भव नभएको प्रतिक्रिया दिएका हुन् ।
अध्यक्ष ओलीले राजनीतिमा सहभागी हुन सबैलाई मैदान खुला रहेको पनि बताए । यसमा तोकिएको खेलाडी नहुने हुनाले सबैले भाग लिन पाउने अध्यक्ष ओलीको तर्क थियो । उनले भने, ‘पोलिटिकल फिल्ड इज अल्वेज ओपन फर एभ्रिबडी । यो कसैको पनि ठेक्कापट्टाको विषय होइन । यो सबैका लागि खुला छ । मैदान खुला छ । यो चाँही ओपन म्याराथुन हो । तोकिएका खेलाडी छैनन् यसमा । सबैले यसमा भाग लिन पाउँछन ।’
उनले थपे, ‘अनि एक जना भाईले सोध्नु भयो । एक जना मेहनत गर्ने मान्छे र सात करोड लिएर आयो भने के गर्नु हुन्छ ? नेकपा एमालेका लागि पैसाको महत्व छैन भनेर चलाउँदै हिँडने पागल होइन यो । तर अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन, अनफेयर खालका क्रियाकलापमा विश्वास गर्दैन । र यस्ता कुराहरुलाई छेउमा पनि पर्न दिँदैन । सात करोड होइन, सात सय करोड, सात हजार करोड, सात लाख करोड जति अफर कसैले गर्छ भने पनि एमालेलाई किन्न, खरिद गर्न सम्भव छैन ।’
अध्यक्ष ओलीले प्रतियुनिट ३४ रुपैयाँ घाटामा भारतसँग विद्युत खरिद गर्नेहरुको फोटोलाई लिएर भोट माग्न हिँडने पार्टीहरु सत्तारुढ गठबन्धनमा रहेको भन्दै कटाक्ष पनि गरे । केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो फेसबुक स्टाटसमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङको फोटोसहितको चुनावी प्रचार सामग्री पोष्ट गरेर तत्काल हटाएका थिए ।
सोही फोटोप्रति संकेत गर्दै उनले भने, ‘लोकसेडिङ अन्त्य गर्ने महान भनेर प्रचार गर्ने गफ दिने बेलामा । एउटा पार्टीले त एउटा कर्मचारीको फोटो लिएर भोट माग्दै हिँडने लोगो बनाएको पनि देखियो । पछि त्यो कर्मचारीले आफै लाज मानेर मेरो फोटो हटाउ भने । किनभने लोडसेडिङ यस्तो छ । बोल्दै गर्दा तीन पटक बत्ति जान्छ ।’
उनले फेरि थपे, ‘चार रुपैयाँमा भारतलाई विजुली बेचेर ३८ रुपैयाँ युनिटमा किन्ने गरेको छ । चार रुपैयाँमा बेचेर ३८ रुपैयाँमा किन्ने गरेको छ । ३४ रुपैयाँ प्रतियुनिट घाटामा । यस्ता व्यक्तिहरुको फोटो लिएर भोट माग्न हिँडने पार्टीहरु पनि गठबन्धन भित्र ।’
अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासमा साथ र सहयोगको अपेक्षासहित आफूले युवाहरुसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया