
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
पोखरा महानगरको मेयर दाबी गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टीलाई वडा सदस्य पनि दिन नसकिने कांग्रेसले बताएको छ।
पोखरामा सोमबार बिहान बसेको गठबन्धन बैठकमा कांग्रेसले उक्त अडान राखेको हो। कांग्रेस कास्कीका सचिव भानु ढकालले अब एकीकृत समाजवादीलाई चुनावमा समेट्न नसक्ने जानकारी गराएको बताए।
‘पोखराको मेयर, उपमेयर मात्र होइन, हाम्रो पार्टीको इकाइ समितिहरुले समाजवादीलाई वडा सदस्य पनि दिन नसक्ने निर्णय पठाएका छन्,’ ढकालले भने, ‘गठबन्धनको आजको बैठकमा यसबारे प्रष्ट जानकारी गराएका छौं।’
कांग्रेसले उक्त जानकारी गराएपछि बैठक उठेको छ। कास्कीमा पोखरा महानगर र चारवटा गाउँपालिका छन्। जिल्लाभर ७२ वटा वडा छन्। एक जना वडा सदस्य पनि दिन नसक्ने भन्दै कांग्रेसले मित्रवत प्रतिश्पर्धा गर्न आग्रह गरेको सचिव ढकालले बताए।
समाजवादीले पोखरा महानगरको मेयर आफूले पाउनुपर्ने भन्दै केन्द्रमा दवाब बढाइरहेको छ। समाजवादीका अध्यक्ष माधव नेपालले केही दिन अघि पोखरामा ८ हजार पार्टी सदस्य रहेको र जनवर्गीय संगठनमा आवद्धसमेत जोड्दा १२ हजार पुग्ने भन्दै आफुहरुलाई कमजोर नआँक्न चेतावनी दिएका थिए।
पोखरा समाजवादीलाई दिने छलफल चलिरहेका बेला कांग्रेस कास्कीका नेताहरु पनि काठमाडौं डेलिगेसन गएर सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पोखराको मेयर अन्य दललाई दिन नसक्ने बताएको थियो।
एकीकृत समाजवादी गठबन्धनमा नरहने भएकाले अब मेयरसहित पालिका प्रमुखहरुमा कांग्रेसकै उम्मेदवार उठ्ने सचिव ढकालले बताए।
‘जिल्लामा गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको छ, अब उहाँहरुसँग चुनावी गठबन्धन हुँदैन,’ ढकालले भने, ‘जिल्लामै गठबन्धनमा नरहेपछि केन्द्रबाट लादिने सम्भावना पनि सकियो।’
प्रधानमन्त्री एवं सभापति देउवालाई पार्टीको वडा कार्यसमितिदेखि नै वडा सदस्य समेत समाजवादीलाई दिन नसक्ने निर्णय आएकाले पोखरा नदिन उनले आग्रह गरे।
‘हाम्रा वडा कार्यसमितिले सदस्य समेत दिन समाजवादीलाई दिन हुँदैन भनेका छन्,’ उनले भने, ‘सभापतिले के आधारमा पोखराको मेयर दिनुहुन्छ? दिए पनि हामी मान्दैनौं।’
एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले बिहान गठबन्धन बैठक नै नबसेको बताए। गठबन्धन बैठक दिउँसो १ बजे बस्ने उनले बताए। कांग्रेस सचिव ढकालले बिहान बैठकमा मित्रवत प्रतिश्पर्धामा जाने आह्वान गरेको भन्दै दिउँसो १ बजे बस्ने बैठकमा समाजवादीलाई सहभागी नगराउनेसमेत बताए।
कांग्रेसले पोखरा र चारवटै गाउँपालिका प्रमुख र वडा अध्यक्षसहित सदस्यको उम्मेदवार छनौट प्रक्रिया अघि बढाएको छ। पोखरा महानगरको मेयरमा मात्र कांग्रेसका १८ जना र उपमेयरमा १० जना आकांक्षीले आन्तरिक उम्मेदवारी दिएका छन्।
एकीकृत समाजवादी पार्टीले पनि पोखराको मेयरमा ६ जना र जिल्लाका ७२ वटै वडामा वडा अध्यक्षका उम्मेदवार सिफारिस गरेको छ। महानगरको मेयर, उपमेयरका बारेमा प्रदेश कमिटीले मंगलबार नाम सिफारिस गर्ने एकिकृत समाजवादी कास्कीका अध्यक्ष आचार्यले बताए।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया