SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/५ गते
    ८९३ &#२३४६;&#२३३५;&#२३२५;

    दोलखा । गौरीशंकर गाउँपालिका झ्याकुका लोकप्रिय नेता एंव एमालेबाट वडा-३ का प्रस्तावित वडाध्यक्षका उम्मेदवार अनिल खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    खड्कालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एंव जिल्ला इन्चार्ज देवी खड्का, बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्का, संस्थापक नेता शंकर लामा, गोपाल पाण्डे, जिल्ला संयोजक कुलवहादुर बुढाथोकी लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।

    माओवादी प्रवेश गर्दै खड्काले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई ठूलो घात गरेको आरोप लगाए । उनले भने, ‘जनताले झण्डै दुईतिहाइ मत दिएर पाँच वर्षको लागि बनाएको सरकार ओलीका कारण तीन वर्ष नपुग्दै ढल्यो । मिठा मिठा उखान टुक्का सुनाउँदै ओलीले देशलाई ठूलो घात गरे ।’

    खड्का नेकपा एमालेका केन्द्रीय एवम् प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ निकट हुन् । गुरुङले नै उनलाई गौरीशंकर गाउँपालिका-३ का वडाध्यक्षमा प्रस्ताव गरेका थिए ।

    यसैबीच एमालेले प्रस्ताव गरेको बैतेश्वरको गाउँपालिकको उपाध्यक्ष शान्ति कुमारी तामाङले आफू नउठ्ने बताएकी छन् ।

    उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्- ‘स्थानीय चुनाव २०७९ को सन्दर्भमा मलाई पार्टीका साथीहरुले बैतेश्वरको उपाध्यक्षको उम्मेदवारी उठ्नु पर्छ भनेर प्रस्ताव गर्नु भएको र सामाजिक संजालमा मेरो नाम जोडिएर समाचार आएकोले मेरो इच्छा र मेरो दाबी नरहेको कुरा सबैलाई जानकारी गराउँछु । इच्छुक र दाबी गरिरहेका साथीहरुबाटै उम्मेदवारी टुंगो लाग्ने छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं