
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं। २०७८ सालको अन्तिम ३० चैतमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच पाँच बुँदे सहमति भयो-आसन्न ३० वैशाखको चुनावमा तालमेल गर्ने र राप्रपाका उम्मेदवारहरु समेत सूर्यबाट चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने ।
एक्लै चुनाव लड्ने बताउँदै आएको एमाले मतदानको मिति नजिकिएसँगै राप्रपा नेपाल लगायतका साना दलहरुसँग तालमेल गर्न पुगेको छ । यसलाई कतिपयले आश्चर्य मानेका छन् । तर, यी दुई दलले २०७४ सालमै स्थानीय तहदेखि संघीय निर्वाचनसम्मै निश्चित ठाउँमा तालमेल गरेको थिए ।
संविधान जारी भएपछिको पहिलो स्थानीय तहको निर्वाचनमा अहिलेजस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनको संघीय सरकार थियो । सरकारमा रहेका दलहरुले स्थानीय चुनावमा तालमेल गरेका थिए ।
अर्कोतिर एमाले र साना दलहरुको गठबन्धन थियो । २०७४ सालमा एमालेले काठमाडौं महानगरपालिकाको उपमेयर राप्रपा नेपाललाई दिएको थियो । तर, एमालेबाट मेयरमा विद्यासुन्दर शाक्य निर्वाचित हुँदा राप्रपाबाट उपमेयर लडेका राजाराम श्रेष्ठ पराजित भए ।
एमाले र राप्रपाबीच २०७४ सालको संघीय निर्वाचनमा पनि झापा जिल्लामा तालमेल भएको थियो। तालमेलकै बलमा एमाले अध्यक्ष ओली अत्यधिक मतले विजयी भए भने राप्रपाका राजेन्द्र लिङ्देनले पनि चुनाव जिते।
०७४ सालकै मोडेलमा अहिले पनि एमाले–राप्रपा चुनावी तालमेल हुने भएको छ । तर, अहिले राप्रपाले एमालेकै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने भएको छ । यसबाट राप्रपाबाट सहरी जनमत बढाउन सकिने आश एमाले नेताहरुमा रहेको देखिन्छ ।
एमाले नेता देवेन्द्र दाहाल भन्छन्, ‘राप्रपा नेपालले उम्मेदवारी दिएको ठाउँमा हामी पुर्णत सहयोग गर्छौं । उहाँहरुले उम्मेदवारी नदिएको ठाउँमा आम रुपमा राप्रपाको भोट एमालेलाई आउँछ । यसले दुबै पार्टीलाई फाइदा हुन्छ ।’
राप्रपासँग चुनावी तालमेल गर्नुपर्नाको कारणबारे उनी थप ब्याख्या गर्छन, ‘अधिकांश जिल्लामा उहाँहरुको केही न केही छ । त्यसले पनि एउटा अर्थ पक्कै राख्छ ।’
राप्रपाका महामन्त्री राजाराम बर्तौला पनि आफुहरुको भोट एमाले उम्मेदवारका लागि जित र हारका लागि निर्णयक हुन सक्ने बताउँछन् । ‘हाम्रो थोरै मत पनि उहाँहरुलाई संजिवनी बुटी बन्न सक्छ’ बर्तौला भन्छन् । उनी एमालेसँगको तालमेलले आफूहरुलाई पनि फाइदा नै हुने विश्वास राख्छन् ।
‘हामी पनि पार्टी निर्माणकै क्रममा छौं । राम्रो रहेको ठाउँमा नेतृत्वमा दाबी गर्छौं अन्यता सहभागिता नै प्रमुख हो । जसले हाम्रो पार्टीलाई सम्मानजनक रुपमा स्थापित गर्नमा सहयोग पुगनेछ’ बर्तौलाले अनलाइनखबरसँग भने ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले काठमाडौं महानगर र पोखरामा निकै फराकिलो मतान्तरले जितेको थियो । तर, यसपटक एमाले विभाजित भएको र केन्द्रमा सरकार चलाइरहेको पाँच दलीय गठबन्धन एक हुँदा समेत राप्रपाको भोट लिएर जित्ने विश्वास एमालेले राखेको देखिन्छ ।
शक्ति आकलन गर्दै कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा अहिले आफ्नो पार्टीको शक्ति आकलन गरिरहेका छन् ।७७ वटै जिल्लाका पार्टी कमिटीसँग पार्टीको सांगठनिक अवस्थाबारे विवरण माग गरेका उनले आफ्नो पकड रहेको ठाउँमा स्थानीय तहको प्रमुख र उपप्रमुखमै दाबी गरेका छन् ।
राप्रपाका महामन्त्री राजाराम बर्तौलाका अनुसार ७७ वटै जिल्लालाई पत्राचार गरेर पार्टी सदस्यता र पार्टी सर्मथित मतदाताको विवरण माग गरिएको छ । ‘विवरण आएपछि पार्टीको शक्ति कहाँ कति छ ? भन्ने विषयमा विवरणसहित कुरा गर्न सकिन्छ’ उनले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल गठन गरेका थिए । नयाँ पार्टी गठन गरे पनि उनको पार्टीको जनमत कति हो ? भन्ने यकिन छैन् ।
तर, राप्रपा नेपालका नेताहरु आसन्न स्थानीय चुनाव आफुहरुको पार्टी निर्माणको अवसर भएको बताउँछन् । ‘एकिकृत राप्रपा भन्दा बलियो भएपनि देशब्यापी एक्लै चुनाव जित्न सक्ने अवस्था छैन् । यसकारण चुनावी तालमेल गर्दै पार्टीलाई सम्मानित पार्टीको रुपमा स्थासपत गराउने हाम्रो मुख्य उदेश्य हो’ राप्रपाका एक नेताले भने ।
एमाले नेता देवेन्द्र दाहाल पनि राप्रपाले आफ्नो शक्ति कहाँ कति हो ? भन्ने यकिन गरेपछि थप निर्णय हुने बताउँछन् ।‘बिभिन्न जिल्लामा केही न केही छ उहाँहरुको । उहाँहरुको पार्टीको मुल्यांकन भएपछि तालमेलबारे ठोस निर्णय हुन्छ’ दाहालले भने ।
पार्टी अध्यक्ष कमल थापाको मकवानपुरको हेटौंडालगायतका क्षेत्रमा बलियो प्रभाव रहेको बताइन्छ । तर, राप्रपा विभाजन गरेर थापाले नयाँ पार्टी बनाएपछि राप्रपा विभाजित नै छ ।
२०७४ सालको चुनावमा राप्रपाले काठमाडौं र चितवनसहित पूर्वी तराई, धरान क्षेत्र, पर्सा र दाङ लगायतका जिल्लाहरुमा राम्रो मत पाएको थियो । जो आसन्न चुनावमा जीत र हारका लागि निर्णायक हुने एमाले नेताहरुको विश्वास छ । तर, राप्रपाबाट अलग भएकाले यी क्षेत्रमा पनि राप्रपा विभाजित छ ।
राप्रपाले बाँकेको नेपालगञ्ज उपमहानगरपालिको नेतृत्व नै जितेको थियो । तर, नेपालगञ्जका मेयर धवलशम्शेर रााणा कमल थापासँग छैनन् । तथापि, कमल थापाको प्रभाव नेपालगञ्जमा रहेको नेताहरु बताउँछन् ।
आफ्नो प्रभाव रहेको क्षेत्रमा राप्रपा नेपालले नेतृत्वमै दाबी गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र नेपालगञ्ज उप महा नगरपालिकाको उपमेयरसहित बिभिन्न जिल्ललामा केही गाउँपालिका प्रमुख र वडाका वडाध्यक्षहरु माग गरेको छ ।
‘हेटौंडामा उपमेयरसहित केही गाउँपालिको नेतृत्व दाबी गरेका छौं । तर, निर्णय हुन बाँकी छ’ महामन्त्री बर्तौलाले भने ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया