
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
कमरेड बिप्लपलाई खुला पत्र !
श्रद्धेय महासचिव कमरेड लाल सलाम तथा अभिवादन !।केही दिन अघि मात्र कपिलवस्तुमा सप्पन्न केन्द्रीय कमिटी बैठक र सो बैठक पछिका पार्टीका उच्च तहका नेता कमरेडहरुबाट सामाजिक संजाल तथा विभिन्न संचार माध्यमहरुमा व्यक्त प्रतिक्रिया ,टिप्पणी तथा एक अर्काको खुला अालोचना भइरहेको देख्दा हामी नेपाल कम्युनिस्ट पार्टीका कार्याकर्ता तथा शुभचिन्तकहरु अत्यन्तै चिन्तित भएका छौं ।
महासचिव कमरेड !
एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवादमा पुग्ने लक्ष्य लिएको हाम्रो महान तथा गौरवशाली पार्टी केन्द्रिय समितिको निर्णय बिपरित दलाल तथा प्रतिक्रियावादी सत्ताले गराउने कथित स्थानीय निर्वाचनमा भाग लिने वातावरण मिलाइयोस भन्दै निर्वाचन अायोग पुगेको देखिएको छ । केन्द्रीय समितिमा गम्भीर छलफल गर्नु पर्ने बिषयलाई अत्यन्तै क्षणिक समाधान तथा हल्का रुपमा लिइएको छ। जनवादी केन्द्रियता हराएको छ ।अराजकता निम्त्याइएको छ ।
महासचिव कमरेड !
महान सहिदका सपनाहरुलाई बेवास्ता गरिदैछ ,बेपत्ता घाइते अपांग परिवारहरुको भावनालाई कुठाराघात गरिदैछ । महान जनवादी क्रान्तिलाई बिर्सजन तर्फ लगिदैछ । के हामीले गरेको महान जनयुद्धको लक्ष्य यहीँ थियो ? के हामीले प्रचण्ड सँग गरेको बिद्रोह यसैका लागि थियो ? के मोहन बैध्य कमरेड सँगको बिद्रोह यसैका लागि थियो ? के कुमार पौडेल लगाएत १२ जना कमरेडहरुको बलिदानी यसैको लागि थियोे ?
श्रद्धेय महासचिव कमरेड !
प्रश्नहरु हजारौं छन ,हामीले सबै प्रश्नहरुको गम्भीर समिक्षा गर्नैपर्छ , एकीकृत जनक्रान्ति भनिरहदा पार्टी नेतृत्वले किन अहिलेसम्म एउटा पार्टी सँग पनि एकता गर्न सकेन ? रणनीतिक मोर्चा कहाँ पुग्यो ? संगठनलाई किन व्यापक तरिकाबाट बिस्तार गर्न सकिएन ?, राष्ट्रियता को आन्दोलनलाई किन सशक्त रुपमा अगाडि बढाइएन ? सामाजिक अराजकता , अनियन्त्रित मुल्य बृद्धि लगाएत सवालमा किन गम्भीर ध्यान दिइएन ? यी सबै प्रश्नको उत्तर जनतालाई नेतृत्वले दिनुपर्छ । हाम्रो पार्टी अरु दलाल तथा भ्रष्ट पार्टीहरु जस्तो हुने छुट छैन ,कथित संसदवादमा रुमलिन छुट छैन ,बिदेशी दलालहरु संग झुक्ने छुट छैन । परिस्थिति हिजो र अाजमा कुनै परिवर्तन अाएको छैन , तत्कालीन ओलि सरकार सँग नेतृत्वले गरेको ३ बुदे सहमति कहाँ लागू भयो ? खोइ हामीले भनेको जनमत संग्रह ? खोइ दलाल सत्ता र बैज्ञानिक समाजवाद रोज्न पाउने जनताको अधिकार ? किन त्यो संझौता कार्यान्वयन गर्न / गराउन सकेनौं ? खोइ यसको समिक्षा गर्नु पर्दैन ? नेतृत्वको ध्यान त्यता जानु जरुरी छ । श्रद्वेय महासचिव !
अाज मैले यी बिषयहरु उठाइरहदा म अाफै चिन्तित छु , पार्टीको भविष्य माथि कालो बादल मढालिएको महसुस भएको छ ,हाम्रो पार्टी बिभाजन गर्न देशीविदेशी प्रतिक्रियावादीहरु लागेको बुझ्न गाह्रो भएन । हाम्रो नेतृत्व भनेको धातुले बनेको र अागोमा खारिएको नेतृत्व भएको नाताले अहिले पार्टीमा देखिएका समस्याहरु तथा अराजकताहरुको तत्काल अन्त्य हुनु जरुरी छ ,जिवन्त पार्टीमा फरक बिचार हुनु ,छलफल ,बहस हुनु स्वाभाविक नै हो तर यस्तो जिम्मेवार पार्टी र नेतृत्व खुला रुपमा बहसमा उत्रिनु र एक अर्कालाई गम्भीर अारोप लगाइनुलाई सामान्य रुपमा बुझ्न सकिदैन ,यस्ता अराजक चिन्तन र प्रबृतिले पार्टी र जनवादी क्रान्ति अगाडि बढन सक्दैन । हाम्रो पार्टी र नेतृत्व यी बिषयमा गम्भीर भएन भने संगठनमा गम्भीर समस्या सृजना हुने र यसले पार्टीलाई नै बिभाजन तर्फ डोर्याउने अबस्था आउन सक्छ ।
त्यसकारण पार्टी र नेतृत्वले तत्काल केन्द्रीय कमिटीको बैठक आह्वान गरि समस्या समाधान गरोस् ,अन्यथा अाम कार्याकर्ता तथा शुभचिन्तकहरुको धैर्यता टुट्यो भने त्यो नेतृत्वको लागि दुर्भाग्यपूर्ण हुनेछ र क्रान्तिकारीहरु अर्को मोर्चा खडा गरि ऐतिहासिक पहलकदमी लिन बाध्य हुनेछन ।
उहीँ हजुरको शुभचिन्तक तथा कार्याकर्ता
रामकृष्ण शर्मा बुटवल ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया