SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२६ गते
    ८६४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धरासायी नभएको बताएकी छन् । आज यहाँ आयोजना भएको विद्युतीय व्यवसायी सङ्घको १२औँ वार्षिक साधारणसभामा उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धरासायी नबनेको स्पष्ट पारिन् ।

    मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको त्यसो नगर्न आग्रह गरिन् । उनले भनिन्, “बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धरासायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन ।”

    सरकारका गम्भीर तथ्याङ्क र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाइने बताइन् । खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्यवृद्धि र रसिया–युक्रेनबीचको युद्धका केही बाछिटा नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै यसबाट आत्तिने अवस्था आइनसकेको उनले धारणा राखेकी छन् ।

    अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने जोड दिइन् । काठमाडौँ विद्युतीय व्यवसायी सङ्घका अध्यक्ष सरोजकुमार रेग्मीले बैंक तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको बताउँदै ब्याजदर सुनिश्चितता र व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गरिन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं