
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
११इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
गोबिन्द, पर्बत । कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको हिजो दोश्रो दिन सात वटा खेल भए भने एउटा खेलमा निर्धारित समयमा टिम उपस्थित नभएको हुदा कुश्मा एफ सि ले वाकवोभर पाएको थियो र सिधै अर्को चरणमा डिम्मुवा फुटबल क्लब संग को भेट पक्का गरेको थियो ।

निकै नै रोमान्चक र सुन्दर खेल भएको दोस्रो दिनमा पहिलो खेल बिर गोर्खालीले अप्शन जक्सन लाई २-० ले पाखा लगायो भने दोस्रो खेलमा कुश्मा एफ सि ले वाकबर पायो र अर्को चरणमा प्रबेश गर्यो, तेस्रो खेल डिम्मुवा फुटबल क्लब र कुश्मा कुश्मा एफ सि बिच निर्धारित समयमा १/१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा ३-१ ले डिम्मुवा फुटबल क्लब बिजयी भएको थियो। त्यस्तै अर्को खेल बागलुङ न्युरोड टिमले काँडे फुटबल टिम लाई १-० ले हरायो।

पाचौ खेल खनियाघाट फुटबल टिम र नेपाल तरुणदल नाग्लिबन बिच निकै नै रोमान्चक खेल भएको थियो उक्त खेल ०-० मा सकिय पछि खनियाघाट लाई सडन डेथमा ४-५ ले पराजित गर्दै नेपाल तरुणदल नाग्लिबन अर्को चरणमा प्रबेश गर्यो भने छैटौ खेलमा रत्नचौरलाई शुन्य का विरुद्ध १ ले हराउदै बलेवा फुटबल क्लब बिजयी भयो भने दोस्रो दिनको सातौ तथा अन्तिम खेलमा गन्य एफ सी ले गूठी युनाइटेड बागलुंग लाई १-० को रोमान्चक जित हासिल पर्दै अर्को चरण मा प्रबेश गर्यो।

उक्त प्रतियोगिताको फाईनल २६ गते शनिबार हुनेछ भने प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पाउने आयोजक क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो ।


प्रतिक्रिया