SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२४ गते
    १३९२ &#२३४६;&#२३३५;&#२३२५;

    मस्को । विश्वकै चर्चित, प्रतिष्ठित एवं विश्वसनीय सामाजिक सञ्लमध्ये एक मानिने ट्वीटरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३०० भन्दा बढी रुसी सरकारका एकाउन्टका सामग्रीलाई सीमित पारेको छ ।

    ती एकाउन्टलाई अबदेखि टाइमलाइन, नोटिफिकेसन वा साइटको कुनै पनि क्षेत्रमा सिफारिस नगरिने ट्वीटरले जनाएको छ । ट्वीटरले आफू सहस्त्र द्वन्द्वमा संलग्न अवस्थामा रहँदा खुला इन्टरनेट पहुँचमाथि बन्देज लगाउने कुनै पनि मुलुकमाथि कारबाही गरिने जनाएको छ ।

    २४ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेयता ट्वीटरले रुसमा आफ्नो सक्रियता निकै कम पारेको छ । हाल ट्वीटरमा पुटिनको दुईवटा आधिकारिक एकाउन्ट छन् । उनको एउटा एकाउन्ट रुसी भाषा र अर्को अंग्रेजीमा छन् । ती दुवै एकाउन्टमा क्रमशः ३६ लाख र १७ लाख फलोअर रहेका छन् ।

    ट्वीटरले भनेको छ, ‘रुसमा अहिले जनताका लागि इन्टरनेटमाथि नियन्त्रणको अवस्था रहेकोबेला रुसी सरकारी अधिकारीहरूलाई खुला रूपमा सामाजिक सञ्जाल साइटमा पोस्ट गर्न दिँदा खराब सूचनाको असन्तुलन सिर्जना हुन्छ ।’

    मंगलबारको ट्वीटरको यस निणर्पछि अब ३०० बढी रुसी सरकारी एकाउन्टका सामग्री ट्वीटरको शक्तिशाली अल्गोरिथ्मले प्रवर्द्धन नगर्ने भएको छ । ट्वीटरको कारबाहीको सूचीमा मन्त्रालय, दूतावासलगायत उच्च पदस्थ रुसी अधिकारीहरूका एकाउन्ट परेका छन् । यसअघि ती एकाउन्टहरूलाई युक्रेन युद्धबारे गलत सूचना फैलाउन दुरूपयोग गरिएको अरोप लाग्ने गरेको थियो ।

    गत १० मार्चमा बेलायतस्थित रुसी दूतावासको आधिकारिक ट्वीटर एकाउन्टले युक्रेनी सहर मारिउपोलमा रहेको एउटा मातृशिशु अस्पतालमा बमबारी गरिएको समाचार झुठो भएको जनाएको थियो । बीबीसीबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं