SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२४ गते
    १३७४ &#२३४६;&#२३३५;&#२३२५;

    अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूसहित अन्य केही विश्वासपात्रलाई प्रतिबन्ध लगाएको छ ।

    प्रतिबन्धको सूचीमा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभको परिवारका सदस्य पनि रहेका छन् । रुसका प्रमुख बैंकहरूलाई समेत प्रतिबन्धमा समावेश गरिएको छ । रुसले युक्रेनमा गरेको आक्रमण र बुचा सहरमा भएको घटनापछि पछिल्लो प्रतिबन्ध घोषणा गरिएको हो ।

    केही दिन अगाडि युुक्रेनको राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा मानिसका शव रहेकाे दृश्य सार्वजनिक भएको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो घटनालाई युक्रेनको स्वार्थपूर्ण उत्तेजनाको संज्ञा दिनुभएको छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि लगाइएको थप प्रतिबन्धको स्वागत गर्नुभएको छ । तर यी प्रतिबन्ध पर्याप्त नरहेको जेलेन्स्कीको टिप्पणी छ । उहाँले रुसले उत्पादन गर्ने तेल बहिस्कार गर्न पश्चिमा देशहरुलाई आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

    साथै उहाँले रुसी बैंकहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट पूर्णरूपमा अलग्गै राख्नुपर्नेमा युक्रेनले जोड दिइरहने बताउनुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं