
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं । पछिल्लो तीन महिनामा ३५ हजारभन्दा बढीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् ।
वैदेशिक अध्ययन अनुमति पत्र शाखा केशरमहलले दिएको जानकारी अनुसार ३५ हजार ७५४ जनाले उच्च शिक्षा अध्ययनका लागि एनओसी लिएको शाखा प्रमुख हरिप्रसाद निरौलाले जानकारी दिए ।
शाखाका अनुसार सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म विभिन्न देशमा विद्यावारिधि तथा एमफिलका लागि ५८ जना, स्नातकोत्तर तहको लागि ३ हजार ४४१ जना र स्नातक तह (ब्याचलर) अध्ययनका लागि ६ हजार ९४ जनाले अध्ययन अनुमति पत्र लगेका छन् ।
त्यस्तैगरी डिप्लोमा ८ हजार ६१०, भाषा पढ्न जानेहरु (कुनै देशहरुमा भाषिक कोर्ष पुरा गरेपछि मात्रै शैक्षिक कोर्ष पढ्ने पाउने व्यवस्था भएका देशहरुमा जाने) ६ हजार ६०४ छन् भने विभिन्न विषयहरु अध्ययन गर्न जानेहरु १० हजार ९४७ जना छन् ।
वैदेशिक रोजगारी अध्ययनका लागि जानेहरु मध्ये सबैभन्दा बढी अष्ट्रेलिया गएका छन् । २३ हजार ७६९ जना अस्ट्रेलिया, जापान ६ हजार ४८९, क्यानडा १ हजार ३८३, युके ६११, भारत १ हजार ३४८, युएसए ३७४ दक्षिण कोरिया ४४०, थाइल्यान्ड ६२ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् ।
गत सालको चाप यो वर्ष
गत वर्ष कोभिडका कारण धेरैजना जान नपाएको चाप यो वर्ष परेको शाखा प्रमुख हरि प्रसाद निरौलाको भनाइ छ । गत साल वर्ष भरिमा विभिन्न देशहरुका लागि ४५ हजार ६२५ जनाले वैदेशिक रोजगारी अध्ययनपत्र लिएका थिए ।
अत्यधिक चाप बढेपछि शाखाले अनलाइन मार्फत मात्रै भेरिफिकेसन गरिरहेको छ । अघिल्लो हप्तासम्म दैनिक १ हजारदेखि १२ सय जना एनओसी लिन पुग्ने गरेका थिए । अहिले पनि दैनिक ६÷७ सय जनाले एनओसीको लागि आवेदन दिइरहेको शाखा प्रमुख निरौलाले बताए ।
गत वर्ष २०२० अगष्ट २८ देखि अनलाइन माध्यमबाट एनओसी दिन शुरु गरेको थियो । त्यसयता २०२२ मार्च ३१ सम्म ९४ हजार २७९ जना वैदेशिक अध्ययनका लागि विदेसिएका छन् । त्यसमध्ये सबैभन्दा बढी अष्ट्रेलिया ३५ हजार ७५ जना गएका छन् । त्यसपछि क्रमशः जापान, क्यानडा, युके, अमेरिका लगायतका देशहरु गएका छन् ।
७ महिनामा विद्यार्थीसँगै बाहिरियो २२ अर्ब
राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ५ अर्ब ६७ करोड रुपैयाँ थियो ।
आर्थिक वर्ष २०७६÷७७ मा विदेशमा अध्ययन गर्न जानेहरुबाट २५ अर्ब ८१ करोड नेपालबाट बाहिरिएको थियो । गत आर्थिक वर्ष २०७७÷७८ मा पनि २४ अर्ब ९६ करोड रुपैयाँ नेपाली विद्यार्थीमार्फत बाहिरियो ।
गत वर्षको एक वर्षभरीमा बाहिरिएको रकमकै हाराहारीमा चालु आर्थिक वर्षको ७ महिनामा नै नेपाली विद्यार्थीमार्फत रकम बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार ७ महिनामा २२ अर्ब ६० करोड रुपैयाँ विद्यार्थीसँगै विदेशिएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट शिक्षाका लागि बाहिरिएको रकमले भोलि ठूलो रेमिट्यान्स भित्र्याउन भूमिका खेल्ने भएकाले यसलाई ठूलो रुपमा लिन नहुने बताउँछन् । ‘अध्ययन गर्नका लागि गएको रकम भएकाले नेपाली विद्यार्थीहरु केही सीपयुक्त बनेर आउनु हुन्छ यसर्थ यलाई ठूलो रुपमा लिनु हुँदैन ।’
तर, वैदेशिक अध्ययन अनुमति पत्र शाखा केशरमहलका प्रमुख हरिप्रसाद निरौला भने विद्यार्थी उर्बर जनशक्ति भएको र पछिल्लो समय स्वदेश फर्कनेको संख्या कम हुँदै गइरहेकाले चिन्ताको विषय भएको बताउँछन् । उनले भने, ‘विद्यार्थी भनेको देशको उर्बर जनशक्ति हो । उनीहरुसँगै ठूलो मुद्रा विदेशिएको छ । अध्ययनका लागि गएकाहरु नफर्किने क्रम बढेकाले चिन्ताको विषय हो ।’
नेपाली विद्यार्थीहरु विविध कारणले अध्ययनको लागि विदेश गरहेको र विदेशिएकालाई कसरी फर्काउने भन्ने चिन्तन गर्नुपर्ने शिक्षाविद् डा.विद्यानाथ कोइराला बताउँछन् । उनले भने ‘विदेशिए भनेर चिन्ता गर्ने होइन । उनीहरुलाई कसरी फर्काउने, उनीहरुले त्यहाँ प्राप्त गरेको ज्ञानलाई कसरी सदुपयोग गर्ने भन्ने चिन्तन गर्न जरुरी छ ।’ गएकाहरु मध्ये १० प्रतिशत मात्रै फर्के भने पनि धेरै उपयोगी हुने उनको भनाइ छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया