
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
बाजुरा । स्थानीय तह चुनावको माहोल बढिरहेको बेला यहाँको स्वामिकार्तिक खापर गाउँपालिका–१ मा पर्ने मुक्तिकोट (डुमकोट) गाउँलाई पनि चुनाव लागेको छ ।
सोमबार मात्रै नेकपा एकीकृत समाजवादीले मुक्तिकोटमा चुनावी सभा गरेर ‘प्रतिगमनलाई पराजित गरेपछि देश अगाडि बढिरहेको छ’ भनेर व्याख्या गर्यो । समाजवादीको पालिकास्तरका नेताले यहाँको गरिबी न्यूनीकरण गर्ने मुख्य एजेण्डा अब आफ्नो पार्टीले बनाउने धारणा राखे ।
नेकपा एमाले र नेपाली कांग्रेस पनि मुक्तिकोट गाउँमा भोट माग्न पुगिरहेका छन् । उनीहरूले पनि भोकमरीलाई चुनावी एजेण्डा बनाएका छन् र कुपोषण न्यूनीकरणको कार्यक्रम लिएर चाँडै मुक्तिकोट आउने बाचा गरिरहेका छन् ।
२०७४ सालको स्थानीय तह तथा त्यसपछिको प्रदेश र संघको चुनावमा पनि यहाँको गरिबी दलहरूको चुनावी एजेण्डा थियो । तर, समस्या सम्बोधन हुनुभन्दा पनि गाउँको अवस्था झन्–झन् दयनीय बन्दै गएको मुक्तिकोट गाउँका नेकपा माओवादी समर्थक स्थानीय नेता देवराज बिक बताउँछन् । उनी भन्छन्, ‘हाम्रो गरिबी देखाएर नेताहरू भोट माग्छन्, समस्या ज्यूँका त्यूँ छ ।’
२०५८ वैशाखअघि बाजुराको यो दुर्गम गाउँको नाम डुमकोट थियो । सरकारी अभिलेखहरूमा अझै पनि यो गाउँको नाम डुमकोट नै छ । ठूलो संख्यामा दलित समुदायको बसोबास रहेको यो गाउँलाई २०५८ वैशाखपछि माओवादीले ‘डुमकोट’ अब ‘मुक्तिकोट’ भयो भनेपछि चलनचल्तीमा यसको नाम बदलिएको हो ।
त्यसैले कहिले डुमकोटलाई मुक्तिकोट भनेर भोट मागियो, कहिले गरिबी न्यूनीकरण गर्ने भनेर भोट मागियो । गएका विभिन्न निर्वाचनमा कुपोषण मुक्त गाउँ बनाउने भनेर भोट मागियो । तर, कसैले पनि यी बाचाहरू पूरा गरेनन् ।
‘चुनावको बेला मुक्तिकोटको अवस्था फेर्ने सपना देखाएर जान्छन्, समस्या जस्ताको त्यस्तै रहन्छ’ गाउँका स्थानीय एमाले नेता धनसिंह बिक भन्छन्, ‘भोट माग्ने बेलामा बाहेक नेता गाउँमा पाइलो हाल्दैनन् । अहिले फेरि गाउँमा उनीहरूकै भीड लागेको छ ।’
मुक्तिकोटका स्थानीय नागरिक अगुवा बलबहादुर बिकको बुझाइमा, गाउँमा भोट माग्न पुग्ने नेता जतिले त्यहाँको गरिबी समस्या समाधान गर्ने भनेर आश देखाउँछन् र स्थानीयको गरिबी माथि खेलबाड गर्छन् । कुपोषणग्रस्त आमा र बच्चाका अगाडि झुटा बाचा गर्छन् अनि चुनाव सकिएपछि अनुहार देखाउँदैनन् ।
गरिबी र कुपोषणले गाँजेको मुक्तिकोट
चुनावी चहलपहलले जे जस्तो देखाए पनि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ को यो गाउँमा कुपोषणको कहर छ । गाउँपालिकाका अनुसार, गाउँका ३०८ परिवारमा चर्को कुपोषणको समस्या छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पारसबहादुर शाही सिङ्गो गाउँ नै कुपोषणले ग्रस्त भएको बताउँछन् ।
हालै मात्र स्वास्थ्यकर्मीको टोली गाउँ पुगेर परीक्षण गर्दा ३४३ जना कुपोषित भेटिएको गाउँपालिकाको अभिलेखमा उल्लेख छ । जसमा ५९ जना कडा कुपोषणको चपेटामा रहेको पाइयो । असार यता मात्रै कुपोषणका कारण ८ शिशु तथा बालबालिकाको मृत्यु भइसकेको गाउँपालिकाले जनाएको छ ।
पाँच वर्ष मुनिका २९३ जना बालबालिकालाई जाँच गर्दा १६ जना कडा कुपोषित, ४५ जना मध्यम कुपोषित भेटिएका छन् । त्यस्तै २४३ जना आमालाई चेक गर्दा २९ जना अति कुपोषित र ७१ जना मध्यम कुपोषित रहेको भेटिएको गाउँपालिकाका सूचना अधिकारी कुवेरबहादुर शाहीले बताए ।
१० देखि १४ वर्षसम्मका किशोर र किशोरीलाई परीक्षण गर्दा १२ जना अति कुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषित रहेको स्वास्थ्यकर्मीले बताएका छन् । १५ वर्षदेखि १९ वर्षका किशोर र किशोरीलाई जाँच गर्दा दुई जना अति कुपोषित, ३० जना मध्यम, २९ जना सामान्य कुपोषित रहेको पाइएको छ ।
स्वास्थ्य कार्यालय बाजुरा, बाजुरा अस्पताल र स्वामीकार्तिक खापर गाउँपालिकाको पहलमा स्वास्थ्यकर्मीहरूको टोली मुक्तिकोट पुगेको थियो । गाउँमा कुपोषणको दर निकै रहेको पाइएपछि मुक्तिकोटमा बाह्य पोषण उपचार केन्द्र स्थापना गरेर कुपोषण विरुद्ध उपचार सुरु गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्त बताउँछन् ।
कुपोषितलाई बालभिटा, पोषिलो लिटो दिन सुरु गरिएको छ । केहीलाई थप उपचारका लागि बाजुरा अस्पतालमा रहेको पोषण पुनर्स्थापना केन्द्रमा पठाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर कैलाले बताए ।
मुक्तिकोट गाउँ पुगेका स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने, चरम गरिबी, भिरालो जमिन, खेतीयोग्य जमिनको अभाव, बाढीपहिरो, खाद्यान्नको कमिले यहाँ चरम कुपोषण छ । यसैगरी बेरोजगारी, खानेपानी, सरसफाइको कमि, स्वास्थ्य सेवाको कम उपलब्धता, जनचेतनाको कमि, अशिक्षा, कम उमेरमा विवाह जस्ता समस्याले गाउँ नै प्रभावित रहेको पन्तले बताए ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका देशकै सबैभन्दा गरिब स्थानीय तह हो । गरिब घरपरिवार पहिचान बोर्डले २०७२ मा निकालेको प्रतिवेदनमा गाउँपालिकामा ७५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको उल्लेख छ । बोर्डले गरेको सर्वेक्षणले स्वामिकार्तिक खापर गाउँपालिकामा २१ सय ८५ परिवार मध्ये १८ सय ३८ परिवार चरम गरिबीको रेखामुनि रहेको देखाएको थियो ।
आर्थिक अभावमा वर्षौंदेखि रोग पाल्दै
कुपोषण मात्रै होइन, मुुक्तिकोट गाउँका महिला पाठेघर खस्ने समस्याले पनि आक्रान्त छन् । आर्थिक अभावमा वर्षौंदेखि रोग पाल्दै आइरहेका छन् । स्थानीय बलबहादुर बिक आर्थिक अभाव र समस्या भन्न नसक्ने बाध्यताले गाउँमा भित्रभित्रै रोग झांगिएको बताउँछन् ।
४२ वर्षीया रेशी बिकलाई पाठेघरको समस्याले दुःख दिएको चार वर्ष भयो । ८ सन्तान जन्माएकी रेशी अहिले समस्याले तड्पिरहेकी छिन् । उपचार गर्न जान पैसा नहुँदा चार वर्षदेखि समस्या भएको छ उनलाई । ‘दुई वर्षसम्म त लाज मानेर कसैलाई भनिनँ । तर परिवारलाई भनेपछि पनि पैसा नहुँदा अहिले घरमै रोग पालेर बसिरहेकी छु’, रेशीले भनिन् ।
यस्तै ५५ वर्षीया थुमा बिक, ४२ वर्षीया ओखडी बिक, ५२ वर्षीया आशी बिक पनि पाठेघर खस्ने समस्या भोगिरहेका छन् । स्थानीय डोइला बिक, बालसरा बिक, लेखी बिक, खिरी बिकको समस्या पनि उस्तै छ । ‘यो सिङ्गो गाउँकै समस्या हो’ स्वामिकार्तिक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर कैला भन्छन्, ‘गाउँका करिब ४०० परिवारमध्ये अधिकांश घरका महिला यो समस्या भोगिरहेका छन् ।’
स्थानीय खिरी बिकले १० सन्तान जन्माइन् । उनका ७ सन्तान जीवित छन् । खिरी भन्छिन्, ‘पाठेघर खस्ने समस्या भएको १० वर्ष भयो, उपचार गर्न जाने पैसा नहुँदा रोग पालेर बसेकी छु ।’ मुुक्तिकोट गाउँका अधिकांश महिलाले ७ जनाभन्दा माथि सन्तान जन्माएको भेटिन्छ । स्थानीय जनसरा बिक उमेरले ३२ वर्षकी भइन्, उनी १२ पटक गर्भवती भइन् । ८ वटा बच्चा जन्माइन्, ४ वटा गर्भपतन गराएको उनी बताउँछिन् । ५ छोरी ३ छोरा छन् । पाठेघर खस्ने समस्या छ ।
जनसरा जस्तै २८ वर्षीया बिजुु बिकले ७ बच्चा जन्माइन् । राम्रो खान लाउन नपाएका कारणले दूध नआउँदा ६ महिनाकी छोरीको गत वर्ष मृत्यु भएको बिजु बताउँछिन् । ३० वर्षीया रोशनी बिकले पनि ७ वटा बच्चा जन्माइन् । उनको पनि चार महिनाअघि मात्रै दुई महिनाकी छोरीको मृत्यु भयो ।
स्थानीय बेलमती बिकले भनिन्, ‘महिलाहरूमा स्वास्थ्य समस्या थुप्रै छन्, तर धेरै समस्या लुकाइएको छ । ‘गाउँमा सामान्य जाँच मात्रै हुन्छ, बाहिर जान पैसा हुन्न । अनि रोग नपालेर के गर्नु ?’ बेलमती भन्छिन्, ‘दैनिक कसरी छाक टार्ने भन्ने चिन्ता छ, उपचार त टाढाको कुरा भो ।’
यहाँ किन महिलाहरूमा यतिविघ्न समस्या देखिएको होला ? स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्त भन्छन्, ‘सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने बाध्यता हुनु, गर्भवती समयमा पनि उकाली ओराली गर्नु, भारी बोक्नु, बच्चा धेरै जन्माउनु यसका कारण हुन् ।’ पन्तका भनाइमा मुख्य समस्या चाहिं अशिक्षा र लाज मान्ने प्रवृत्ति हो । जसले जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या धेरै छ ।
तर यस पटकको स्थानीय निर्वाचनमा पनि सर्वसाधारणका यी दुःखहरू चुनावी मुद्दा मात्रै हुने समस्या समाधान नहुने ठान्छन् स्थानीय नागरिक अगुवा बलबहादुर बिक । उनी भन्छन्, ‘ठूल्ठूला कुरा गर्छन्, हाम्रो दुःखमा कोही गम्भीर छैन ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया