SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२१ गते
    १२४२ &#२३४६;&#२३३५;&#२३२५;

    रविन सुवेदी, पर्वत । नेत्र बिक्रम चन्द बिप्लवले नेतृत्वको गरेको नेकपा पर्वतको पाँचौं पुर्ण बैठक आज जिल्ला पार्टी कार्यालय कुश्मामा सम्पन्न भएको छ । पार्टी केन्द्रिय समितिको हालै सम्पन्न बैठक प्रश्चात भएको बैठकले दलाल संसदीय निर्वाचनले आम नागरीकको समस्या समाधान नगर्ने निष्कर्ष निकालेको छ ।

    साथै यो निर्वाचनको नामा गरीएका प्रपन्चहरुले जनताको समस्या समाधान गर्नु भन्दा जनतामा झनै रिणको बाकी बोकाउने काम मात्रै हुने बैठकको निर्षक छ ।

    त्यस्तै बैठकले स्थानीय निर्वाचनलाई राजनीतिक रुपमा बहिस्कार गर्ने निर्णय गर्नुको साथै उमेदवार हुन चाहाने सदस्य हरुलाई पार्टीको कमिटी छोडेर स्वतन्त्रमा उठ्न पाउने निर्णय समेत गरेको छ ।।

    बैठकलाई प्रशिक्षित गर्दै नेकपाका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला ईन्चार्ज बिकिरणले पार्टी स्थापना पछि सबैभन्दा बढी चासो र बहस भएको केन्द्रीय समितिको बैठक यसपाली भएको बताउदै महासचिवले वान टु वान छलफल पछि अहिलेको राजनैतिक लाईन पास भएको बताउनु भयो ।

    बिकिरणले भन्नु भयो अहिले बिज्ञान प्रबिधिको प्रयोग गर्दै नेपाली क्रान्तिको मोडल नयाँ तरिकाले अगाडि बढाउनु पर्ने बताउँदै विश्व जसरी दुई ध्रुवमा अगाडि बढेको छ त्यसलाई नेकपाले प्रयोग गरे हाम्रो सत्ता संरचना बनाउदै लैजानुपर्छ बताउनु भयो ।

    मुल कुरा क्रान्तिलाई बचाउने, पार्टी बचाउने, एकता बचाउने कुरा भयो त्यसको लागि अहिले यो दस्तावेज आएको बताउँदै स्थानीय निकाय निर्वाचनमा राष्ट्र वादी र हाम्रो पक्षधरहरुलाई सहयोग गर्ने, केन्द्रीय सदस्य नजाने, अन्यको हकमा पार्टी छोडेर निर्वाचनमा जानू पर्ने बताउनु भयो ।

    साथै बिकिरणले एमसिसिका कट्टर पक्षधरहरु, राजनैनिक रुपमा बढी वकालत गर्ने बौद्विक भनिएकाहरु र दलाल कर्मचारीहरुबाट देश जोगाउने अभिभारा आफुहरुको काधमा आएको बताउनु भयो ।

    बैठकमा नेकपा पर्वतका पुर्व जिल्ला सेक्रटरी बैकुण्ठ गिरी, अन्तराष्टिय नेपाली श्रमिक समाज कतारका नेता रविन लगायतले धारणा राख्नु भएको थियो साथै जिल्ला सक्रेटरी अनन्त केसीको अध्यक्षता तथा संञ्चालनमा भएको नेकपा पर्वतको बैठकमा जिल्ला सदस्यहरु सबैले अहिलेको परिवेश र पार्टीको दस्तावेज बारे आ आफ्नो धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं