
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही गर्न नसक्नेहरुले विकास निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेका बताएका छन् । आइतबार काठमाडौंमा पार्टीको सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काँग्रेस नेता शेखर कोइरालाप्रति संकेत गर्दै भ्यूटावरको विरोध गरेर केहीले विकास निर्माणकै कामको विरोध गरेको बताएका हुन् ।
त्यस्तै उनले भ्यूटावरहरु हाम्रा सभ्यता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको दाबी गर्दै विकासको त्यो मोडेललाई नबुझ्नेहरुले त्यसो नगर्ने प्रतिज्ञा गर्न आग्रह गरेका छन् । केहीलाई धराहरा बनाएको भतभती पोलेपनि आफूहरुलाई भने गर्वको महसुश हुने गरेको उनले बताए ।
अध्यक्ष ओलीले धरहरा एउटा भ्यू टावर भएको र त्यो राष्ट्रको पहिचान, गौरव र इतिहास भएको स्मरण गराए । उनले भने, ‘अहिले एक खालको भ्यू टावर विरोधीहरुले हल्ला चलाएका छन । मलेसियामा महाथिरले त्यो टव्ीन टावर बनाएका थिए । त्यो बनाएका बेला महाथिर पागल होकि क्या हो ? यो गरिव देशका ेसारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बनायो भन्ने ठूलो आलोचना थियो ।’
उनले थप भनेका छन्, ‘त्यो भ्यू टावर अहिले मलेसियाको भ्यूटावर व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र तिनै भ्यू टावरहरु हुन । अमेरिकाले भ्यू टावर बनाउँदा पनि अनावश्यक भनेका थिए, कतिपय मानिसले । त्यो भ्यू टावर सेप्टेम्वर ११ को घटनाबाट खत्तम भयो । त्यो अमेरिकाको मात्रै होईन् विश्व बजार केन्द्र थियो । मलेसियाका त्यस्तै । हामीले बनाएका भ्यू टावरहरु सभ्यताका, विकासका, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्रहरु हुन् । हाम्रा पर्यटनका स्थलहरु हुन् । हाम्रो आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने कुराहरु हुन् ।’
यसका साथै अध्यक्ष ओलीले नेपालको सबभन्दा चर्चित भ्यूटावर धरहरा भएको बताए । उनले भने, ‘कतिको मत भतभत पोलेको छ–धरहरा बनेकोमा । अनि के त्यहाँ भात खान पाइन्छ ? त्यहाँ गहुँ फल्छ, धराहरामा । अनि के त्यहाँ कपडा बुनिन्छ ? त्यो भ्यू टावरनै हो । तर, त्यो राष्ट्रको पहिचान हो । राष्ट्रको गौरव हो । हाम्रो इतिहास हो । धेरै कुरा त्यसभित्र लुकेका छन र त्यो एउटा गन्तव्य हो । धरहरा हेर्दा हामीलाई एउटा गर्वको महशुस हुन्छ ।’
उनले फेरि भने, ‘रानी पोखरीले के दिन्छ ? के उत्पादन दिन्छ त्यहाँ ? किन लगानी गरेको भन्छन ? रानी पोखरी पुनर्निर्माण भो । के दिन्छ त्यहाँ भन्छन । दरबार हाइस्कुल किन बनाएको भन्ने पनि कतिपयलाई प¥योहोला । मलाई अचम्म लागि राखेको छ यिनीहरु संगीत सुन्छन कि सुन्दैन । यसबाट चिया पनि आउँदैन् खाजा पनि आउँदैन । सुन्छन कि सुन्दैनन् संगीत ? यिनीहरुले नाटक हेर्छन कि हेर्दैनन ? यिनीहरुलाई चित्र बनाउन मन लाग्छ कि लाग्दैन ? बनाएको हेर्न मन लाग्छ कि लाग्दैन ? बाद्यबादन बजाउन मन लाग्छ कि लाग्दैन ? नृत्य हेर्न मन लाग्छ कि लाग्दैन ? नृत्य गर्न मन लाग्छ कि लाग्दैन ? आम्दानी हुने ठाउँमा मात्रै लगानी हुने भएपछि त नाँचेर समय खेर जाने भयो । सिक्दाखेरी पसिना आउने भयो ।’
अध्यक्ष ओलीले पार्टीले स्थापना गरेको सामाजिक सेवा केन्द्रले भोटको राजनीति नगर्ने पटकपटक दोहो¥याएका छन् । उनले जनताको सेवा गर्ने उद्देश्यका साथ स्थापना गरिएको केन्द्रका लागि पार्टीका ८ लाख ५५ हजार बढी संगठित सदस्यहरुले सय रुपैयाँका दरले सहयोग गर्दा पनि केही करोड हुने बताए ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया