SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/१९ गते
    ८३३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवा तीन दिने भारत भ्रमणका क्रममा छन् । शुक्रवार भारत पुगेका देउवा अहिले विभिन्न कार्यक्रममा सरिक भइरहेका छन् । उनको भारतमा भब्य स्वागत गरिएको छ । शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र देउवाले संयुक्त रुपमा शनिबार भर्चुअल माध्यमबाट एकीकृत रेलसेवा उद्घाटन गरेका छन्।

    हैदराबाद हाउसमा द्विपक्षीय वार्तापछि जनकपुर–जयनगर रेलसेवा उद्घाटन गरेका हुन्। उद्घाटनपछि रेल जयनगरबाट जनकपुरका लागि प्रस्थान गरेको छ। यो रेल प्रत्येक स्टेसनमा रोकिँदै आउने छ।

    सो अवसरमा जनकपुर रेल्वे स्टेसनमा विशेष कार्यक्रम राखिएको छ। कार्यक्रमलाई लक्ष्य गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव पनि जनकपुर आएकी छन्। जनकपुर रेल्वे स्टेसनमा रेल आएपछि मन्त्री यादव त्यसमा चढेर कुर्था स्टेसनसम्म पुग्ने छिन्।

    नेपालले सीमा समस्या समाधानका लागि भारतसमक्ष संयुक्त संयन्त्र गठनको प्रस्ताव राखेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको द्विपक्षिय भेटवार्ताका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा समस्याबारे कुरा उठाएका हुन्। मैले मोदीजीसँग सीमा समस्यालाई संयुक्त संयन्त्र मार्फत् हल गर्न आग्रह गरेँ’ देउवाले मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा भने।

    भारतले सन् २०१९ नोभेम्बरमा नेपाली भूमि कालापानी आफ्नो राजनीतिक नक्सामा समेटेको छ। दशकौंयता कालापानीमा भारतीय सैनिक तैनाथ छन्। संयुक्त पत्रकार सम्मेलनमा मोदीले सीमा समस्याबारे बोलेनन्।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं