
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित बनबाटिकामा निर्माण गरिएको भ्यू टावरको उद्घाटन गरिएको छ।
०७४ चैत्र १५ गते शिलान्यास गरिएको उक्त भ्युटावर चार वर्षमा निर्माण सम्पन्न गरेर मंगलबार उद्घाटन गरिएको हो। भ्युटावरको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा एक सय ३४ फिट उचाइमा रहेको भ्युटावर १० तलाको रहेको छ।
देशका विभिन्न भागमा सरकारी बजेटबाट अनुत्पादक रुपका भ्युटावर निर्माण गरिएकामा आलोचना भइरहेका बेला तिलोत्तमा नगरपालिकाले भने यो भ्युटावर बहुउद्देश्यीय भवनको रुपमा निर्माण गरिएको दाबी गरेको छ।
तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण गरिएको भ्युटावरमा पहिलो देखि छैंठौ तलासम्म व्यवसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् भने सातौं तलादेखि मात्रै दृश्यावलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ।
साढे ११ करोड बढी लागतमा निर्माण गरिएको भ्युटावर निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी गरेको छ।
सुविधा सम्पन्न भनिएको भ्युटावरको भुईतला ३५ सय ९५ बर्गफिट क्षेत्रफलमा रहेको छ। कुल २५ हजार १२२ बर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको भ्युटावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्राम स्थल, रिसर्च रुम, डिपार्टमेन्टल स्टोर, कार्यालय कक्ष, शौचालय सहित बातानुकूलित कोठा, लाइब्रेरीलगायतका संरचना बनाइएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए।
भ्युटावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म देख्न सकिने छ भने दुरविनको प्रयोगबाट भारतको गोरखपुर, नौतनवासम्मका सहर देख्न सकिनेछ। नगरप्रमुख घिमिरेले ‘तिलोत्तमा भ्युटावर’ नगरपालिकाको गौरव र गहना भएको भन्दै यसले थप पर्यटकलाई आकर्षित गर्ने बताए।
उनले अन्य भ्युटावरजस्तो नभई सुविधा सम्पन्न स्तरको भ्युटावर रहेकाले यसको प्रयोग गर्दै पर्यटकको आगमनमा समेत बृद्धि हुने बताए।
तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनका अनुसार कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्युटावर प्राकृतिक निर्माण सेवाले ठिक चार वर्षमा पूरा गरेको हो। लिफ्ट सुविधासहित बनेको भ्यू टावरसँगै २ विगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरु समेत निर्माण भइरहेका छन्।
शंकरनगर सामुदायिक वनभित्र २०६२ सालमा स्थापना गरिएको वन विहार तथा अनुसन्धान केन्द्र हाल पश्चिमाञ्चल क्षेत्रकै मुख्य अनुसन्धान केन्द्रका रुपमा विकास हुँदै गएकोले भ्युटावरको निर्माणले उक्त केन्द्रको विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले भ्यू टावर निर्माणपछि अहिलेको तुलनामा पर्यटकहरुको आकर्षण अझ बढ्ने बताए। पछिल्लो समय बनबाटिका धेरै पर्यटकिय पुर्वाधार निर्माण भएको भन्दै जिल्लाकै नमुना पर्यटकिय स्थल बनाउने योजना रहेको उनले बताए।
सामुदायिक वनको ५ सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टर वन शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका रुपमा छुट्याएर संरचना निर्माण भइरहेका छन्।
भ्युटावरको उत्तरतर्फ स्वीमिङ पुल र अगाडि म्युजिकल फाउन्टेन निर्माण भइरहेको छ।
त्यस्तै त्यहाँ चाईल्ड पार्क र स्टेडियम निर्माणको काम पनि सुरु भइसकेको छ। उपाध्यक्ष पाण्डेका अनुसार बाँकी निर्माणको कामको लागि केएच प्रशान्त जेभीसँग साढे ४ करोडको ठेक्का सम्झौता भईसकेको छ। अबको २ वर्षमा बाँकी संरचनाको निर्माण सम्पन्न हुने र त्यसपछि वनबाटिका यसक्षेत्रकै प्रमुख पर्यटकिय स्थल बन्ने पाण्डेले दावी गरे।
वन विहार तथा अनुसन्धान केन्द्रमा दर्जनौं पिकनिक सेड, सहिद पार्क, विपी पार्क, म्याङगो पार्क, बाल मोनो रेल, चिडियाखाना लगायतका संरचना निर्माण भईसकेका छन्।
चिडियाखानाभित्र लोपउन्मुख सरिसृप अजिंगर र भालु, चितुवा, वनेल, निलगाई, मृग, बाँदर, विश्वकै ठूलो पंक्षि अस्ट्रिज, दुर्लभ गिद्ध, चित्तल, मयुर, सुगा लगायत पाल्तु एवं जंगली जनावर र चराचुरुङगी राखिएका छन्।
भ्युटावर लगायतका संरचना निर्माणपछि इको टुरिजमका रुपमा विकास गर्ने दिर्घकालीन एवं महत्वकांक्षी योजना शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले अगाडि सारेको छ।
केन्द्रले हालको चिडियाखानाको स्तरउन्नति, बोटानिकल गार्डेन, लुम्बिनीसँग जोड्ने गरी विपश्यना ध्यान केन्द्र, ऐतिहासिक प्राकृतिक कुवा संरक्षण लगायतका संरचना निर्माण गरिरहेको छ।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया