SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/१५ गते
    ६७१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतमा यहि आउँदो चैत्र २६ गते नेकपा एमालेले बृहत आमसभा गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पुर्व प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा कुश्मा बजारको बान्द्रेविणि चौरमा आमसभा गर्ने भएको हो ।

    बृहत आमसभामा विभिन्न पार्टी परित्याग गरेर झण्डै १२ सय जना कार्यकर्ता नेकपा एमालेमा पार्टीका अध्यक्ष केपि शर्मा ओलीबाट टिका र खादा लगाएर पार्टी प्रवेश गर्न लागेका पर्वत जिल्ला इन्चार्ज कल्पना चापागाईले जानाकारी दिनुभयो । सवै पालिका र वार्ड कमिटी अध्यक्षहरुलाई त्यसैअनुरुपको ब्यवस्थापन गर्न निर्देशन समेत दिइएको चापागाँईको भनाई छ ।

    नेकपा एमाले पर्वतले आयोजना गरेको बृहत आमसभाको बारेमा जानाकारी दिन सोमबार गरिएको पत्रकार सम्मेलनमा नेता चापागाईले सो कुरा बताउनुभएको हो । उहाँले नेकपा एमाले जनताको पार्टी भएको र यसमा समाहित हुन जिल्लाका हजारौँ जनताहरु लालायित भएर बसेका समेत बताउनुभयो ।

    पत्रकार सम्मेलनमा उठेका बिभिन्न प्रश्न र गुनासोहरुको जवाफ दिदै एमालेका जिल्ला अध्यक्ष राजु पौडेलले यो आमसभामा २० औँ हजारजना कार्यकर्ता कुश्मा बजारमा उतार्ने समेत बताउनुभएको छ । उहाँले भन्नुभयो,‘ त्यो बिशेष दिनमा गाउँगाउँबाट हजारौँका हजार मान्छेहरु कुश्मा बजार आउने छन् बान्द्रेविणि चौरमा सबै नअट्ने भएका कारण हामिले प्रबिधिको प्रयोग गरेर प्रोजेक्टर मार्फत कार्यक्रमको बजार क्षेत्रमा प्रत्यक्ष प्रसारण गर्ने सोच बनाएका छौँ ।’

    कार्यक्रमको लागि करिव १० लाख रुपैयाँ खर्च हुने अध्यक्ष पौडेलले जानाकारी दिनुभयो । कार्यक्रम स्थल कुश्मा बजार सम्म कार्यकर्ता ल्याउनको लागि यातायातको ब्यवस्थापन सम्वन्धित पालिका र वार्डले नै गर्ने पौडेलको भनाई छ ।

    बृहत आमसभालाई सम्पन्न गराउन बिभिन्न मुल ब्यवस्थापन समिती पनि बनाइएको अध्यक्ष पौडेलले जानाकारी दिनुभयो ।पत्रकार सम्मेलन कार्यक्रमको संचालन पार्टी उप-सचिव बिमल लामिछानेले गर्नुभएको थियो भने जिल्लामा क्रियाशिल सम्पुणर् पत्रकार र एमालेका नेताको समेत उपस्थीती थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं