SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/१२ गते
    २३९३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।
    प्रभु बैंक पर्वत डिमुवा शाखाले टोल टोलमा वित्तिय साक्षरता अभियान शुरु गरेको छ । सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने लक्ष्यका साथ माेदी गाउँपालिका अन्तरर्गतको वस्ती वस्तीमा पुगी प्रभु बैंक डिमुवा शाखाले वित्तिय साक्षरता अभियान सञ्चालन गरेको हो ।

    सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिक संग बैंकको पहुंच बढाउन टोलटोलमा वित्तीय साक्षरता अभियान सुरु गरिएको प्रभु बैंक डिमुवा शाखा प्रबन्धक डाेलेन्द्र गाैतमले जानकारी दिनुभयो ।

    प्रभु बैंक डिमुवा शाखाले बित्तिय साक्षरता अभियानको क्रममा नागरिकहरुलाई बैंकमा खाता खोल्ने, बैंकीङ कारोबार गर्दा हुने फाईदा देखि सहुलियतपूर्ण ऋण तथा कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, महिला उद्यमी कर्जा सम्बन्धी जानकारी दिनुका साथै बित्तिय सँग सम्बन्धित सबै जानकारी गराएको छ ।

    गाउँपालिकाका नागरिकहरुलाई लक्षित गरेर शुक्रबार देखि वित्तिय साक्षरता अभियान थालेको बैंकले देउपुर, तिलाहार, चित्रे, रातामाटा, राम्जाका बिद्यालय तथा महिला समुहमा पुगी नागरिक तथा क्याम्पस बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई समेत आम्दानी, खर्च र बचत, ऋण के हो ? ब्याजदर कसरी निर्धारित हुन्छ ? किस्ता भनेको के हो ? बैंक तथा वितिय संस्थाहरूबाट लिने ऋण र व्यक्तिहरुबाट लिने ऋणको ब्याज संरचना कस्तो ? सहुल्यत ऋण कसरी पाईन्छ ? लगाएतमा बारेमा जानकारी गरीरहेकाे छ ।

    प्रभु बैंक सधैँ जनाताको सेवामा समर्पीत रहेको भन्दै प्रभु बैंक डिमुवा शाखाका शाखा अधिकृत अन्जना खत्रीले बैंकको सेवा सुविधाबारे तथा कृषि तथा विपन्न वर्ग कर्जा सम्मको बिषय वस्तुबारे नागरिकलाई स्पष्ट पारिएको बताउनुभयो ।

    वित्तिय साक्षरता अभियानले जनताको आर्थिक अवस्थामा सुधार ल्याउन, सरकारले प्रदान गर्ने विभिन्न किसिमको भत्ताहरु बैंकहरुबाट सजिलै पाउन,बचत गर्ने बानीको विकास गर्न मद्दत पुग्ने बैंकको विश्वास रहकाे खत्रीकाे भनाइ छ ।

    वित्तिय साक्षरता अभियान बाट बैंकका सेवा–सुविधा ,वचतको महत्व, बैंकबाट कर्जा लिन सर्वसाधारणलाई प्रोत्साहन गर्ने,आय र आम्दनीको निश्चित प्रतिशत वचतको लागि छुटाउने बानीको विकास गर्ने, बजारमा के–कस्ता कर्जा सुविधा छन्, त्यो सुविधा प्राप्त गर्न के–कस्ता प्रक्रिया पुरा गर्नुपर्छ, के–कति सेवा शुल्क, ब्याज तिर्नुपर्छ, कहाँबाट कर्जा लिँदा कति लागत पर्छ, चुक्ता गर्ने प्रक्रिया कस्तो छ लगाएतका बारेमा टेवा पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं