SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/११ गते
    ७४१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन् । अध्यक्ष नेपालले कलम चिन्ह लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको सुरुवात भइसकेको उल्लेख गर्दै सूर्य चिन्ह नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गरेका हुन् ।

    कसै–कसैले पार्टी भित्रैबाट सूर्य चिन्ह नहुँदा अप्ठ्यारो पर्छ कि भनेर भन्ने गरेको उल्लेख गर्दै उनले अप्ठ्यारो होइन् कलम चिन्ह लिएर जितको सुरुवात भइसकेको बताए । पार्टी निकट मजदुरहरुको संगठन एकीकृत ट्रेड युनियन महासंघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले कलम चिन्ह लिएर दोस्रो चरणको राष्ट्रियसभा निर्वाचनमा पनि जित हासिल गरेको स्मरण गराए ।

    अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पनि जित हासिल गर्नका लागि आफूहरुले बाम लोकतान्त्रिक शक्तिहरुसँग मिलेर जाने विषयमा छलफल चलाइरहेको दोहो¥याए । उनले भने, ‘हामीले विजयको सुरुवात पनि ग¥यौं । राष्ट्रियसभाको चुनावमा पहिलो पटक हामीले हाम्रो उम्मेदवारलाई जितायौं । र, जितायौ पनि कसरीभने ठ्याक्क त्यो उम्मेदवारले स्वतन्त्र उम्मेदवारको हैसियतले कलम चिन्ह लिनु भएको थियो । र, कलम चिन्हको जितको सुरुवात गरेर अगाडि बढेका छौं ।’

    उनले थप भनेका छन्, ‘त्यसो हुनाले कसै–कसैलाई लाग्ला–सूर्य चिन्ह नभएको हुनाले अप्ठ्यारो पर्छ कि भनेर । अप्ठ्यारो होइन् हाम्रो जितको सुरुवात भईसकेको छ । कलम चिन्हले जित्न थालिसकेको छ । र, दोस्रो चोटी त झन एकीकृत समाजवादीको नाममा हामीले कलम चिन्ह बोकेर १९ वटा राष्ट्रियसभा सदस्य चुनावमा पनि उपस्थिति जनायौं । र, हाम्रा सबै उम्मेदवारलाई जितायौं । एउटाबाहेक सबैलाई जिताएर देखाएका छौं । अब फेरी हामी चुनावमा उत्रनुपर्नेछ ।’

    यसका साथै अध्यक्ष नेपालले केपी ओली नेतृत्वको एमालेलाई गफाडीको संज्ञा दिएका छन् । त्यसले सरकारमा हुँदा पनि गफबाहेक अरु केही पनि काम नगरेको उनको तर्क छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं