SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/११ गते
    ९६४ &#२३४६;&#२३३५;&#२३२५;

    गोरखा :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले उक्त पार्टीहरुलाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन् ।

    ‘३१ बर्षदेखि केही सिमित राजनीतिक दल र तीनका सिमित नेताको चक्रव्यूमा देशसँगै हामी पनि फसेका छौ,’ उनले भने, ‘अवको चुनावमा पनि त्यही दलहरुलाई भोट दिने हो भने हामी वर्वाद हुने मात्र होइन हाम्रो भावी सन्ततिको भविष्य पनि बर्वाद हुन्छ ।’

    कांग्रेस, एमाले र माओवादीले चुनाव जितेर देश बनाउँछ भन्नु साँढेको टाङमुनी बाल्टी थाप्नु जस्तै भएको लिङ्गदेनले टिप्पणी गरे । ‘साढेको टाङमुनी बाल्टी थापेर दुध आउछ ? साँढेले दुध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा हुन्छ ? खान पुगेन भनेर दाना थपिदिदाँ दुध आउछ ? साढेँको धर्म नै दुध दिने होइन कसरी आउछ, त्यसैले ठुला भनिने दललाइ भोट दिएर देश बन्छ भन्नु पनि त्यस्तै हो,’ उनले भने ।

    ठूला भनिएका राजनीतिक पार्टीले देशलाई भिग माग्ने बनाएको भन्दै उनले एमसिसी पास गर्नु गलत भएको तर्क गरे । सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्ती कुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, प्रवास आइसिसी संयोजक प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु रामराजा कोइराला, लोकनाथ तिवारी लगायतले सम्बोधन गरेका थिए

    प्रतिकृया दिनुहोस्

    Loading...

    एमाले वडा कमिटी पोखरा १६ को शुभकामना आदान प्रदान सम्पन्न

    शिशिर पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत...

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको...

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् ।...

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं