
१पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
२शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
३गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
४विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
५मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
६प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
७गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
८पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
९मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
१०वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
११विद्यालयलाई शैक्षिक सामग्री सहयोग
१२जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
काठमाडौं । रुस र युक्रेनबीच युद्ध भएको एक महिना बितिसकेको छ । यो एक महिनामा युद्धकै कारण थुप्र्रैले ज्यान गुमाए भने यसले पु¥याएको आर्थिक क्षतिको कुनै लेखाजोखा सम्भवै छैन । युद्ध गर्ने मुलुकमा यस्तो क्षति हुनु त अनौठो भएन, युद्धसँग कुनै सम्बन्ध नभएको नेपाल पनि यसको प्रभावबाट अछुतो रहन सकेन ।
विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव हुँदा त्यसको फाइदा लिन नसकेपनि युद्ध जस्तो गम्भीर अवस्थाबाट भने नेपालमा समेत दीर्घकालीन असर पर्ने देखिन्छ । गत २२ फेब्रुअरी २०२२ मा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले एक बक्तब्य जारी गर्दै युक्रेनमाथी सैन्य कारवाही शुरु गरे ।
यी दुई देशका शासकहरु अहिले युद्धलाई आफ्नो पक्षमा पार्न भौतिक अभौतिक सबै खाले रणनीति अपनाइरहेका छन् । तर युद्धसँग कुनै साइनो नै नभएको नेपाल भने अहिले युद्धको असर व्यहोर्न बाध्य छ । रुस र युक्रेनबीचको युद्ध तत्कालै समाधानको दिशामा जाने देखिँदैन । जति जति युद्ध लम्बिँदै जान्छ, त्यसको बाछिटा नेपालमा अझै बढ्र्ने निश्चित छ ।
युद्धकै बहानामा इन्धनको मूल्यमा भएको अस्वाभाविक वृद्धिले यतिबेला आमजनमानस मात्र होइन, उद्योगी, व्यवसायी समेत समस्यामा पर्न थालेका छन् । बिनाकारण नेपाल अहिले चर्को मूल्यमा इन्धन किन्न बाध्य छ । यस्तै पश्चिमा मुलुकहरु यतिबेला युक्रेनको समर्थनमा रहेको र रुसलाई गलाउने नीति अख्तियार गरिरहेका छन् ।
यसका लागि उनीहरु युक्रेनलाई हतियार उपलब्ध गराउने देखि मानवीय सहायताको नाममा ठूलो धनराशी दिन तयार भएका छन् । यसले पनि नेपाल जस्ता मुलुकका नाममा आउने सहयोग कटौती हुने पक्कापक्की छ ।
यसबाहेक रुस युक्रेन युद्धको असर भारतीय उर्जा बजारमा समेत परेको छ । र त्यसको बाछिटा समेत नेपालमा परेको छ । भारतमा विद्युतको मूल्य तीव्र गतिमा आकाशिएको छ । भारतीय बजारमा बोलकबोलमा हुने विद्युत् खरिद–बिक्रीको औसत मुल्य प्रतियुनिट भारु. १५ रुपैयाँ २७ पैसा पुगेको छ ।
यस्तो अवस्थामा विद्युत प्राधिकरणले भारतीय बजारमा भएको विद्युत मुल्य वृद्धिले भारतबाट खरिद हुने विद्युतको औसत मूल्य २५ रुपैयाँ २८ पैसा प्रतियुनिट पुग्ने आँकलन गरिएको छ । भारतले कोइलाबाट ठूलो परिमाणमा उर्जा उत्पादन गर्ने गरेको छ । उर्जा उत्पादनका लागि प्रयोग हुने कोइला उसले आयात गर्ने गरेको छ ।
रुस युक्रेन युद्धकै कारण अन्तर्राष्ट्रिय कोइला बजारमा कोइलाको मुल्य आकासिएसँगै त्यसको प्रत्यक्ष असर भारतीय उर्जा उद्योगमा पर्न पुगेपछि भारतमा विद्युत मुल्य आकासिएको हो ।
नेपालमा यतिबेला वर्षा याममा आन्तरिक उत्पादनले विद्युत पुग्ने भएपनि अधिकांश समय भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता छ । भारतबाट बिजुली खरिदका लागि नेपालले बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्छ । यही क्रममा नेपालले बिहीबार भारतीय उर्जा विनिमय बजारको ९६ वटा ब्लकमा गरेको आवेदनबाट जम्मा १२ वटा युनिटमा मात्रै बिजुली हात पार्न सक्यो ।
भारतीय उद्योगहरुले विद्युतका लागि बढी मूल्य तिरेकाले नेपालले तिर्न चाहेको मूल्यमा विद्युत खरिद गर्न पाएन । आवश्यक परिमाणमा बिजुली नपाएकाले नेपाल विद्युत प्राधिकरण अहिले अधिकांश उद्योगहरुमा अघोषित लोडसेडिङ गर्न बाध्य भएको छ । लोडसेडिङको अवस्था हटाउनकै लागि अब प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा खरिद गर्ने भएको छ ।
नेपालले भारत सरकार अधिनस्थ विद्युत व्यापार निगमसँग २ सय २० मेगावाट बिद्युत नियमित रुपमा खरिद गर्नेगरि सम्झौता गरेको भएपनि पछिल्लो अबस्थामा विद्युतको मूल्य महँगिएको भन्दै भारतीय संस्थाले नेपाललाई विद्युत उपलब्ध गराएको छैन । भारतीय उपक्रम एनभीभीएनले प्रतियुनिट भारु. ४ रुपैयाँ १२ पैसा र पीटीसीले भारु. ४ रुपैयाँ १६ पैसामा नेपाललाई विद्युत् बेचिरहेका थिए । तर, भारतमा विद्युत् महंगिएपछि उनीहरुले नेपाललाई सम्झौता अनुसारको बिद्युत उपलब्ध गराएका छैनन् ।
हालको उर्जा संकट अल्पकालीन जस्तो देखिएपनि बेलैमा यसबारे सोच्न नसके यसको नकारात्मक असरले निरन्तरता पाउन सक्छ । यस्तोमा आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्ने विषयमा विगतमा गरेका गल्तीहरु सुधार गर्न सक्नुपर्छ । विगतमा उर्जा मन्त्रालयले बजारको सुनिश्चितता नभईकन निजी क्षेत्रसँग विद्युत खरिद सम्झौता पीपीए नगर्ने अडान लिँदा निजी क्षेत्र निराश छ ।
जडान सम्झौता भइसकेका सौर्य ऊर्जा उत्पादक कम्पनीहरुसँग पीपीए नगरी खुला प्रतिस्प्र्धाबाट मात्र पीपीए गर्ने नीत पारित हुनुले पनि उर्जा प्रवद्र्धनमा अवरोध सिर्जना गरेको छ । यी गल्तीका असर समेत अहिले देखिएको हो । यी र यस्ता आन्तरिक र बाह्य प्रभावहरु परिरहन्छन् । नेपालले यो अवस्थालाई नजर अन्दाज गर्न मिल्दैन । बेलैमा सचेत हुन आवश्यक छ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया