
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कपिलवस्तु, कृष्णनगर चैत्र ७,कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका भित्र २ सय किलोमिटर सडक निर्माण भएको छ । स्थानीय तहको निर्वाचन भएपश्चात ग्रामीण क्षेत्रमा सडक सन्जालले गाउँबस्ती जोडेको छ ।
विकास निर्माणमा पछि परेको कृष्णनगर नगरपालिकामा विकासको कार्यहरु तिब्र रुपले अघि बढिरहेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिकाले झन्डै ५ बर्षको अवधीमा २ सय किलोमिटर सडक निर्माण गरेको छ ।
कृष्णनगरमा ६.५ किलोमीटर कालोपत्रे, ६० किलोमीटर आरसिसि, ६० किलोमिटर पिसिसी सडक निर्माण गरिएको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो । कोभिडले गर्दा विकास निर्माणकार्यमा केही अवरोध भएको नगरप्रमुख शाहले बताउनु भयो ।
नगर प्रमुख शाहले भन्नूभयो “कोभिड नभएको भए ३ सय किलोमीटर सडक निर्माण गर्ने लक्ष्य रहेको थियो,अहिलेसम्म हामीले २ सय किलोमीटर सडक निर्माण गर्यौं ।”
त्यस्तै कृष्णनगर नगरपालिका क्षेत्रमा ७० किलोमिटर ग्राभेल सडक, ५ किलोमीटर नया सडकमा माटो पटान, २५ किलोमिटर नाली निर्माण गरिएको नगर प्रमुख शाहले जानकारी दिनुभयो ।
कपिलवस्तु कृष्णनगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नागरिकसगँ गरेको बाचा पूरा गरेको बताउनु भएको छ ।
नगरको प्रशासकिय भवन, कृष्णनगर क्षेत्रमा १० कल्भर्ट, १ झुलुङ्गे पुल, छिटौनीमा ठूलो पुल, वडा नं ८ र ९ को वडा कार्यालय भवन निर्माण सम्पन भएको कृष्णनगर नगर पालिकाको उपप्रमुख सबनम खातुनले बताउनु भयो ।
शिवराज अस्पतालको अपरेशन भवन, वड नं १२ मा शहरी स्वास्थ्य किलिनिक भवन, वडा नं ११ मा स्वास्थ्यचौकी भवन निर्माणकार्य भएको उपप्रमुख सबनमले जानकारी दिनुभयो ।
कृष्णनगरमा अहिले २ दर्जन स्थानमा विकास निर्माणकार्य भैरहेको छ । कृष्णनगर नगरपालिकाले शिवराज अस्पतालमा १ करोड ७३ लाखको भवन निर्माणको काम गरेको कृष्णनगरका इन्जिनियर प्रदिप चौधरीले बताउनु भयो ।
त्यस्तै अहिले कृष्णनगरमा २ सडक कालोपत्रे भैरहेको इन्जिनियर चौधरीले बताउनु भयो । कृष्णनगरको मडहामा आरसिसी, बहादुरगन्जमा सडक निर्माण, चैपुरवा पटनामा कालोपत्रे, रमवापुरमा आरसिसीको काम भैरहेको छ । सार्वजनिक शौचालय निर्माण भएको छ ।
पुर्सोत्तमपुर, बगहीमा कालोपत्रे, सरफरमा आरसिसी सडक, माणामा ट्रस्ट निर्माण र डेबरामा वडा नं ५ को भवन निर्माणकार्य भैरहेको छ ।
नगरपालिकामा मेयर रजत प्रताप शाह नेतृत्वले विभिन्न विद्यालयमा ४० कोठा निर्माण सप्पन्न भएको छ । २९ कोठा निर्माणाधीन अवस्थामा रहेको छ । विभिन्न विद्यालयमा एक दर्जन भन्दा शौचालय निर्माण गरेको कृष्णनगर नगरपालिकाले जनाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया