SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/६ गते
    ६५४ &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाइएको पुनः आपत्ती जनाए।

    आइतबार इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेसको चुनाव चिन्ह रूखसँग रंग मिलाइदिएको भन्दै निर्वाचन आयोगको आलोचना गरे।

    ‘रूखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो? दलहरूसँग किन परामर्श गरिएन? किन कांग्रेसको अनुकूल हुने गरी निर्णय भयो? सूर्य हरियो हुन्छ कहीँ,’ उनले आक्रोश पोखे।

    ‘म निर्वाचन आयोगलाई सम्मान गर्न चाहन्छु। उसले एउटा पार्टीको पक्षमा मात्र होइन। निश्पक्ष भएर काम गर्नुपर्छ। अहिले आयोगले चुनाव चिन्हमा रूखको रंग सबैलाई दिने रे, रूख पनि हरियो। सूर्य पनि हरियो, कही हुन्छ?’, ओलीले अगाडि भने।

    पटक पटक चुनाव मतपत्रको रंगबारे आलोचना गर्दै आएका ओलीले मनोनयन दर्ताका लागि दुई दिन दिने आयोगको निर्णयलाई विश्वमा कतै नभएको चलन भएको जिकिर गरे।

    ‘सधैँ निर्वाचन अयोगले मनोनयन दर्ताका लागि एक दिन दिन समय गर्थ्यो । यसपालि दुई दिन किन चाहियो? पाँच दलीय गठबन्धनमा एक दिनमा कुरा नमिल्न सक्छ भनेर हो?,’ उनले प्रश्न गरे, ‘मनोनयनका लागि दुई दिन दिएको कहिँकतै देख्नुभएको छ? विश्वभरि एकै दिन दिइन्छ । पाँच दलीय खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’

    एमाले अध्यक्ष ओलीले वैशाख ३० गते देशभरबाट एमालेले पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्ने दाबीसमेत गरे।

    उनले एमालेबाट दुई चार जनाले छोडेर गए केही नहुने भन्दै ओइलिएका पात झर्ने बताए। ‘एमालेको सूर्य झन चम्किलो हुन्छ। देशभरीबाट पाँच दललाई एउटै कुचोले बढार्नेछ,’ उनले भने।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं