SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/६ गते
    ६३८ &#२३४६;&#२३३५;&#२३२५;

    पाेखरा :

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढेको दाबी गरेका छन् । देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले त्यसको संकेत गरेको प्रचण्डले बताए ।

    ‘२०६४ सालको चुनावमा ५ सिट जित्छ माओवादीले भन्थे ठूला दलहरूले । कहिले १० सिटसम्म भन्थे । तर, झण्डै बहुमत दिए, जनताले । प्रत्यक्षतर्फ त बहुमतै हो र अहिले २०७९ मा पनि सबैतिरको स्थिति हेर्दा हामी पहिलो पार्टी हुने सम्भावना बढिसक्यो,’ प्रेस सेन्टर कास्कीले पोखरामा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने ।

    उनले संविधान र लोकतन्त्र बचाउँदै उत्पीडित जाति, वर्ग र समुदायको अधिकारको पक्षमा उभिएको दल माओवादी भन्ने जनताले बुझेको बताए । सोही कारण मधेस प्रदेशदेखि जताततै माओवादीमा जनताको उभार आएको उनको भनाइ छ ।

    ‘मधेसको ४/५ वटा जिल्ला गएँ । एउटै जिल्लामा हजार १२ सय जना शिक्षक बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ,’ प्रचण्डले भने,’हिजो सिन्धुलीमा धेरै मानिस प्रवेश गर्नुभएको छ । साथीहरूले पहिलो पार्टी हुने भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले ।’

    उनले माओवादीलाई कसैको वैशाखी आवश्यक नभएको र आफ्नै बलमा निर्वाचन लड्ने बताए ।

    उनले तालमेल गरेरभन्दा पनि आफ्नै खुट्टामा उभिएर स्थानीय चुनावमा जाने बताए। तर गठबन्धनको आवश्यकता भने अझै कायमै रहेको उनको भनाइ थियो। उनले माओवादी अरू दलसँग तालमेलका लागि भन्दा पनि तालमेल गर्न अरू दलले माओवादी खोज्दै आउनुपर्ने अवस्था रहेको जिकीर गरेका थिए।

    उनले देशैभरि माओवादीप्रति सकारात्मक देखिएको र माओवादीलाई काम गर्न दिनुपर्ने मत रहेको बताएका थिए। ‘हामी होइन, हेर्नुहोला अरू सबै पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्छ,’ उनले भने।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं