
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाए । तर सांसदहरुलाई एजेण्डा भनिएको थिएन ।
संसद भवन नयाँ बानेश्वरमा तीन बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिलो सुरु गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले आकस्मिक रुपमा संघीय संसदको अधिवेशन अन्त्य गरेको, प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र आगामी स्थानीय तहको निर्वाचनबारे छलफल गर्न संसदीय बैठक बोलाइएको भन्दै विषय प्रवेश गराए ।
त्यसपछि भट्टराईले सिधै पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई बोल्न समय दिए । ओलीले करिब एक घण्टा बैठकलाई सम्बोधन गरे ।
ओली मुख्यतः आगामी ३० वैशाखको स्थानीय तह निर्वाचनकै विषयमा केन्द्रित भए । तर, स्थानीय तहको चुनावलाई केन्द्रमा राखेर ओलीले पाँच वटा कुरा प्रष्ट भनेका छन् ।
एक : संघीय सांसदको परीक्षण
एमाले अध्यक्ष ओलीले पार्टीको आन्तरिक जीवनमा आफूलाई साथ दिँदै आएका सांसदहरुलाई उनीहरुको परीक्षण स्थानीय तहको निर्वाचनको परिणाममा हुने बताएका छन् ।
‘परीक्षण हुने बेला यही हो । चारैतिरबाट घेराबन्दी छ । घेराबन्दीको सामना गर्नुस्, तपाईंहरुको पनि जग बनाउने बेला हो यो खटिनुस्’, गाउँगाउँ गएर स्थानीय तहको चुनावमा एमालेका उम्मेदवारलाई जिताउनेतिर लाग्न निर्देशन दिँदै ओलीले भनेका छन् ।
‘बढी भन्दा बढी स्थानीय तहमा एमालेलाई जिताउन सक्नुहोस्’ भन्दै बैठकको सुरुमै सांसदहरुलाई शुभकामना दिएका ओलीले संघीय संसदमा दोहोरिनका लागि पनि कसले कति वटा स्थानीय तहमा एमालेलाई जिताउन सक्यो भनेर हेरिने प्रष्ट पारेका छन् ।
‘आफ्नो जग बसाउनुस् । पछि टिकट पाउँदा पनि जित्ने आधार त बनाउनुप¥यो’, ओलीले भने, ‘टिकट चाहियो भन्दा यति स्थानीय तह मैले जिताएको छु यसकारण म चुनाव जित्छु भन्ने होस् ।’
दुई : पार्टी नीतिबारे अलमल नराख्नु
चुनाव भनेकै जित्नका लागि हो भन्दै जसरी पनि चुनाव जित्नतिर लाग्न निर्देशन दिएका ओलीले पार्टीले लिएको नीतिबारे ब्यापक प्रश्न उठ्न सक्नेमा सांसदलाई सचेत गराए ।
‘विगतमा हामीले मुलुकलाई अस्थिरताबाट निकास दिन प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने प्रयास ग¥यौं । तर, अदालतले रोक्यो । अदालतले रोकेकै कारण अहिले मुलुक कुन अवस्थामा छ ? यसबारे जनतालाई राम्रोसँग बुझाउनुस्’ ओलीले भने, ‘जताततै बेथिती छ, अदालतमा छ । सरकारमा छ । विकास छैन । जनतालाई यो बुझाउन सक्नुपर्छ ।’
अन्य दलहरुले आफ्नो पनि निकै आलोचना गर्ने गरेको भन्दै ओलीले घुमाउरो शैलीमा बचाउमा लाग्न निर्देशन दिएका छन् । ‘मूल नेतृत्वको आलोचना गर्नु भनेको पार्टीको आलोचना गर्नु हो । पार्टीलाई असहयोग गरेर कहीं पुगिन्न । यो कुरा हामीले कार्यकर्तालाई भन्नुपर्छ ।’
तीन : गठबन्धनको भण्डाफोर गर्नू
अध्यक्ष ओलीले एमाले चौतर्फी घेराबन्दीमा रहेको भन्दै त्यसलाई चिर्न सत्ता गठबन्धनको भण्डाफोर गर्नुपर्ने बताएका छन् ।
‘सत्ता गठबन्धनले जस्तोसुकै षडयन्त्र गरे पनि एमाले आगो भएर उभिन्छ । चुनाव सार्ने प्रयास पनि गर्न सक्छन् । सबैखाले षड्यन्त्र चिर्न सत्ता गठबन्धनको भण्डाफोर गर्नुपर्छ’ ओलीले भने ।
अहिलेको सत्ता गठबन्धन दिगो नहुने आधारहरु जनतालाई भन्नुपर्ने पनि ओली बताउँछन् । ओलीले भने, ‘पार्टीको दिशा पाँचतिर छ । कता पुग्ने ठेगान छैन । यो कसरी दिगो हुन सक्छ ? स्थानीय तहमा त दिगो सम्बन्ध चाहिन्छ ।’
चुनाव सार्ने षड्यन्त्र भयो भने आन्दोलन गर्नुपर्ने भन्दै उनले त्यसका लागि तयार रहन पनि निर्देशन दिए ।
चार : सेटिङबाट बच्नू
अध्यक्ष ओलीले सत्तागठबन्धनले अनेकन सेटिङ गर्न सक्ने भन्दै त्यसबाट बच्न समेत सांसदहरुलाई भनेका छन् ।
‘निर्वाचनमा सरकार षड्यन्त्रका लागि जुनसुकै सेटिङमा लाग्न सक्छ । अदालती सेटिङदेखि लिएर सबै हुन सक्छ’, ओलीले थपे, ‘एमसीसीमा व्याख्यात्मक घोषणा भनेर अमेरिकालाई त छक्याउन सक्ने सरकारले, हामीलाई, नेपालीहरुलाई छक्याउन अनेक गर्न सक्छ ।’
१५ फागुन २०७८ मा अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गर्दा सरकारले ब्याख्यात्मक घोषणासहित पारित गरेको थियो । ओलीले त्यसैको उदाहरण दिएर आफ्ना सांसदलाई सचेत गरे ।
पाँच : भलादमी नपल्टिनू, टिकट दिँदा ख्याल गर्नू
ओलीले स्थानीय तहको चुनावमा उम्मेदवार चयन गर्दा स्थानीय स्तरमा लोकप्रिय नेता छान्न आग्रह गरेका छन् ।
एमालेले वडाअध्यक्ष र वडा सदस्यको उम्मेदवार चयनको अधिकार जिल्ला कमिटीलाई, गाउँपालिका र नगरपालिका प्रमुख/उपप्रमुखको प्रदेश कमिटीलाई र महानगर र उपमहागरको उम्मेदवार चयन गर्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको छ । यसअनुसार टिकट दिँदा ख्याल गर्न ओलीले भनेका छन् ।
यसअघि स्थानीय तहमा राम्रो काम गरेका जनप्रतिनिधिलाई उम्मेदवार बनाउन प्राथमिकता दिने पार्टीको नीति रहेको पनि उनले सम्झाएका छन् ।
‘जसले अहिले जितेर राम्रो काम गरिरहेका छन् उनीहरुलाई प्राथमिकता दिनुपर्छ’ ओलीले भने । तर, पद नपाएका कारण असन्तुष्ट भएँ भन्ने वातावरण बन्न नदिन पनि ओलीले संघीय सांसदहरुलाई निर्देशन दिएका छन् ।
गाउँगाउँ गएर काम गर्दा भलादमी पल्टिने, नेता पल्टिने गर्दा चुनाव प्रभावित हुन सक्ने भन्दै उनले कार्यकर्तासँग सँगै खटिएर काम गर्दा मात्रै चुनावी परिणाम पार्टीको पक्षमा आउने बताए । उनले भने ‘हाम्रो गलत प्रवृत्ति छ । नेता पल्टिने, भलाद्मी । यो प्रवृत्ति सबैले त्याग्नुपर्ने हुन्छ ।’
उत्साह भर्ने प्रयास
पार्टीविरुद्ध घेराबन्दी भएको भन्दै पार्टी नीति र नेतृत्वको बचाउ गर्न निर्देशन दिएका ओलीले सांसदहरुमा उत्साह भर्ने प्रयास पनि गरेका थिए ।
उनले स्थानीय निर्वाचनमा ६० देखि ७० प्रतिशत जनप्रतिनिधि एमालेका निर्वाचित हुने दावी पनि गरे । ‘हामी कमजोर छैनौं । ६० देखि ७० प्रतिशत जित्ने अनुमान पार्टीले गरेको छ । यो एक्लै चुनाव लड्दा जित्ने कुरा हो । कमजोर छैनौं’, ओलीले भनेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया