SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२९ गते
    ६५४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारका मन्त्रीहरुले कमिसनका लागि ‘ब्ल्याकमेल’ गरिरहेको आरोप लगाएका छन् ।

    नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रको वर्तमान अवस्थाबारे आइतबार काठमाडौंमा गरेको अन्तर्क्रियामा बोल्दै सरकारका मन्त्रीहरुको कार्यशैलीमाथि आक्रोश पोखेका छन् ।

    ‘अहिलेको सरकारका मन्त्रीहरु ब्ल्याकमेलरको रुपमा, कसैसँग पैसा माग्यो दिएन भने तिमीलाई यस्तो गर्दिन्छु, उस्तो गर्दिन्छु भनेर थर्काएर उसकोमा ताला लगाएर उसकोमा छापा मारेर, के गरेर हैरान पार्न सकिन्छ, अरु उद्यमी व्यवसायीलाई तर्साएर जे भन्यो त्यो गराउन सकिन्छ यस प्रकारका प्रवृत्तिहरु …’ ओलीले भने ।

    विगतमा राज्यभन्दा बाहिरको समूहले लिने आपराधिक लाभ अहिले राज्यको बागडोर सम्हाल्नेहरुले नै लिइरहेको ओलीले बताए ।

    ‘हिजो बेग्लै ढंगले राज्य भन्दा बाहिर बसेर गर्ने गरिन्थ्यो । अहिले त राज्यको बगडोर लिएर हिजोको एक्सटर्सन, आज फरक ढंगको एक्सटर्सनमा परिणत गर्न खोजिएको छ’ उनले भने । ओलीले यस्तो प्रवृत्ति अर्थतन्त्रका लागि गम्भीर, नकारात्मक र खतरनाक भएको बताए ।

    सरकार गलत ढङ्गबाट गठन भएका कारण राज्य सञ्चालनमा पनि उन्नत थिति र विधि नभएको उनको भनाइ छ । ‘सरकार थितिमा नहिंडेका कारण अर्थतन्त्र जटिलतामा पर्‍यो,’ ओलीले थपे ‘जनप्रतिनिधिबाट सरकार बन्नु पर्ने हो । मुद्दा लडेर सरकार बनाउने र हटाउने कार्यले यस्तै नतिजा दिने हो ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं