
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पाकिस्तानी सेनाले बिहीबार भारतबाट एउटा सुपरसोनिक वस्तु पाकिस्तान आएको र आफ्नो भूभागमा खसेको बताएको छ।
अहिले यस विषयमा भारतको रक्षा मन्त्रालयले स्पष्टीकरण दिएको छ। भारतले प्राविधिक गडबडीका कारण क्षेप्यास्त्र प्र’हा’र भएको स्वीकार गरेको हो। भारत सरकारले यस विषयमा उच्चस्तरीय छानबिन गर्न आदेश दिएको छ।
भारतको रक्षा मन्त्रालयले भनेको छ, ‘९ मार्च २०२२ मा नियमित मर्मतसम्भारका क्रममा प्राविधिक त्रुटिका कारण क्षेप्यास्त्र अचानक खसेको थियो। भारत सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ र उच्चस्तरीय छानबिनको आदेश दिएको छ।’
क्षेप्यास्त्र पाकिस्तानको भूभागमा खसेको जानकारी प्राप्त भएको रक्षा मन्त्रालयले जनाएको छ।
घटनाप्रति माफी माग्दै रक्षा मन्त्रालयले भनेको छ, ‘यो दुर्घटनाबाट मानवीय क्षति नभएकाले हामीलाई राहत महसुस भएको छ।’ यसबारे उच्चस्तरीय छानबिन गर्न आदेश दिएको पनि मन्त्रालयको विज्ञप्तिमा छ।
यसअघि पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा एक उच्च गतिको भारतीय मि’साइ’ल प्रवेश गरेको र त्यो मिसाइल खानेवाल जिल्लाको मिया चन्नु सहरनिर खसेको जनाएको थियो। यो मि’साइल भारतको हरियाणास्थित सिर्साबाट प्र’हा’र गरिएको पाकिस्तानको दाबी छ।
भारत र पाकिस्तान दुवै आ’ण’विक शक्तिराष्ट्र हुन्।
पाकिस्तानी सशस्त्र बलका महानिर्देशक मेजर जनरल बाबर इफ्तिखारले पत्रकार सम्मेलन गर्दै बुधबार राति ६:४३ बजे एक ‘उच्च गतिको उड्ने वस्तु’ भारतीय भूमिबाट पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश गरेको बताएका थिए।
‘त्यो उड्ने वस्तु सुरूको दिशाबाट अचानक मोडिएर पाकिस्तानी भूमिमा प्रवेश गरेको थियो,’ उनले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘पाकिस्तानको हवाई क्षेत्र सीमाभित्र प्रवेश गरेर ६:५० बजे त्यो वस्तु मिया चन्नुनिर खस्यो।’
मानवीय क्षति नभए पनि पाकिस्तानी हवाई सीमा उल्लंघनको उक्त घटनाप्रति गम्भीर आ’पत्ति जनाउँदै मेजर जनरल इफ्तिखारले यस्तो घटना कसरी भयो भन्नेबारे भारतले जवाफ दिनुपर्ने बताएका थिए।
‘उच्च गतिको त्यो वस्तु जुन हवाई मार्गबाट उडेको थियो, त्यसले भारत र पाकिस्तान दुवैतर्फको हवाई क्षेत्रमा उड्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानलाई गम्भीर खतरामा पारेको थियो। यसबाट मानवीय क्षति र धनमाल नष्ट हुने ठूलो जोखिम थियो,’ उनले भने।
पाकिस्तानको वायुसेनाले उक्त मि’सा’इल १२ हजार मिटर उचाइमा उडेको र जमिनमा खस्नुअघि पाकिस्तानी हवाई क्षेत्रमा १२४ किलोमिटरसम्म भित्र प्रवेश गरेको जनाएको छ। मि’सा’इलको गति क्षमता ध्वनिको गतिभन्दा तीन गुणा बढी भएको पनि पाकिस्तानी वायुसेनाले भनेको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया