SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२५ गते
    ९१७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारी गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्र वाग्मती प्रदेश समितिस्तरीय राजनैतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा बुधबार दाहालले अब केही समय गठबन्धनको कुरा साइडमा राखेर आफ्नै खुट्टामा उभिएर लड्ने तयारीमा जुट्नुपर्ने बताए ।

    चुनावमात्रै नभई परिआए युद्ध लड्ने गरी तयारीमा जुट्नुपर्ने दाहालको भनाइ थियो । ‘पोहोरदेखि जाग्न थालेका छौं, अब पूरै जाग्नु पर्नेछ,’ दाहालको भनाइ उद्धृत गर्दै एक प्रदेश कमिटी सदस्यले भने, ‘चुनावमात्र हैन, परिआए युद्ध नै लड्ने तयारीमा जुट्नुपर्छ ।’

    गत निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसलाई सत्तामा आफूहरुले पुर्‍याएको भन्दै दाहालले कतिपय कांग्रेसी नेताले होच्याउने गरेको भन्दै असन्तुष्ट राखे । ‘एकथरी कांग्रेस हामीलाई होच्याएर बोल्छन्, २३ सिट भएकालाई सिंहासनमा पुर्‍याएको हामीले हो,’ दाहालले भने, ‘कांग्रेस-एमाले दुवैलाई रछ्यानमा पुर्‍याउने तागत हामीसँग छ ।’

     

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं