
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
शहबाज खान, कपिलवस्तु । IIMS कलेज काठकाण्डाैले ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा आत्मरक्षा तालिम दिई महिला दिवस मनाएको छ । ‘सामाजिक न्याय र लैँगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ विश्वभरीका महिलाहरुले श्रमिक महिला दिवस मनाइरहँदा IIMS कलेजले पनि अन्तराष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चलाई भव्य रुपमा कार्यक्रम गरी मनाइएकाे आयाेजकले जनाएको छ ।
कलेजले महिला सशक्तिकरणका लागि अध्ययनरत विद्यार्थीलाई आत्मरक्षा गर्नको लागि कराटे तथा आत्मरक्षा गर्दा चाल्नुपर्ने सीपकाे तालिम दिएको हाे । कार्यक्रममा सुलोचन सिजाखा, देवु थापा, साजन श्रेष्ठ र निशा चौधरीले प्रशिक्षण दिएकाे कलेज प्रशासनले जनाएको छ ।
IIMS कालेजका सीओ साबिन्द्र महार्जन कार्यक्रममा बोल्दै आज नेपाली महिला समुदायको कुरा गर्दा उनीहरु अन्य शोषित पीडित बर्गका जन समुदायकासाथ सामन्ती पुरुष प्रधान सामाजिक संरचनाका कारणले थप लैंगिक शोषणको शिकार हुनु परिरहेको छ । उनीहरुमाथिको घरेलु सामाजिक हिंसा, प्रताडना, बलात्कार र हत्यासम्मका दमन र शोषण लैंगिक कारणले बढी हुने गरेका छन् ।
त्यसैले महिला समुदायमाथिको दोहोरो शोषण र उत्पीडनबाट उनीहरुलाई मुक्त गर्न स्वयं महिला समुदाय र उनीहरुका साथै अन्य शोषण, अन्याय र उत्पीडनमा परेका आम जन समुदायको एकता र एउटै आवाज आजको राष्ट्रिय आवश्यकता बन्न गएको छ । महिला समुदायको समस्या केवल महिलाको मात्र समस्या नभएर यो उत्पीडन र शोषणको समस्या भएकाले शोषित उत्पीडित सम्पूर्ण जन समुदायको संयुक्त आन्दोलन आज राष्ट्रिय आवश्यकता बन्न गएको सीओ महार्जनले बताए।
कलेजकाे कार्यक्रम संयोजक नुशरत जहाँले आधुनिक विश्वमा अब महिला माथिका सबै खाले विभेद अन्त्य गर्नुपर्ने बताउँदै महिला र पुरुषकाे समान अधिकार र व्यवहार अहिलेको आवश्यकता रहेकाे बताइन् । उनले समान अधिकारका लागि महिलालाई सिप र स्वरोजगार दिनुपर्नेमा जिकिर गरिन् । श्रमको उचित मूल्य, सामाजिक सुरक्षा, आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा विश्राम गर्न पाउनुपर्ने जाेड दिइन् ।
महिला अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको व्यवहारमै कार्यान्वयन लागु गर्नुपर्ने बताउँदै सामाजिक र राजनैतिक अधिकार पनि सुनिश्चित हुनेपर्ने उनले माग गरिन् । राज्य दिने हरेक महिला अधिकारलाई सरकारले कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्न जहाँले अनुरोधसमेत गरिन् ।
कार्यक्रम संयाेजक नुशरत जहाँले प्रशिक्षकलाई सम्मान पत्रसमेत प्रदान गर्दै धन्यवाद दिइन् । आगामी दिनमा पनि IIMS कलेजले महिला सशक्तिकरण तथा विकासको लागि थप कार्यक्रम गरिने प्रतिबद्धताका जनाएकी छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया