
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका ५ जनाले विष सेवन गरेको घटनामा आर्थिक कारण जोडिएको पाइएको छ ।
घटनास्थलबाट प्रहरीले बरामद गरेको ‘सुसाइड नोट’मा ब्रिटिश गोर्खाली वचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पटक पटक ताकेता गरेको उल्लेख गरिएको छ ।
महानगरीय प्रहरी वृत्त, स्वयम्भुका एक अधिकृतका अनुसार उक्त नोटमा सहकारीमा कार्यरत त्यस परिवारकी मन्दिरा प्रधान कोभिड–१९ का कारण उपस्थित हुन नसक्दा विभिन्न आरोपमा मुद्दा लगाइदिने धम्की सञ्चालकले दिएको पनि उल्लेख छ ।
‘धम्कीपछि म त्यहाँ उपस्थित हुँदा मलाई त्यहाँको मेडम र ऋण शाखाका व्यक्तिहरुले ४ घन्टा मानसिक यातना दिएका थिए र प्रहरी वृत्त, जनसेवामा पनि लगेका थिए’ भीममान प्रधान र उनकी श्रीमती मन्दिराले हस्ताक्षर गरेको नोटमा भनिएको छ, ‘मलाई त्यतिबेला धेरैबेरसम्म आरोप–प्रत्यारोपण गर्ने र भिडियो बनाएर सम्पूर्ण स्थानमा बेइज्जत गरिदिन्छु भनेर प्रताडना दिने काम भयो ।’
नोटमा ‘आफ्नो र परिवारको हत्या गर्न ब्रिटिस गोर्खाली बचत तथा ऋण सहकारी संस्थाले’ बाध्य बनाएको पनि उल्लेख गरिएको छ ।
तर महानगरीय प्रहरी वृत्त, जनसेवाका डीएसपी डिलबहादुर मल्ल चाहिँ विना तामाङ नामक सेवाग्राहीले फाइनान्समा जम्मा हुनुपर्ने रकम नभएपछि मन्दिराविरुद्ध उजुरी परेको बताउँछन् ।
‘उहाँको ४ लाख २५ हजार रुपैयाँ जम्मा हुनुपर्ने भएन भनेर उजुरी परेपछि चार दिनअघि उहाँको जेठाजु, श्रीमानसहित सहकारीका मान्छे बोलाएर छलफल गराएका थियौं’ मल्लले अनलाइनखबरसँग भने, ‘आइतबारसम्म पैसा दिने भन्ने भएपछि मिलापत्र गराएर छाडेका थियौं ।’
नोटमा एक जना व्यक्तिसँग हुण्डाई इओन गाडी खरिद गरेको भनिएको छ, तर लकडाउनका बेला तिर्न नसकेपछि बाँकी रकम फिर्ता दिन्छु भनेर गाडी लगेको उल्लेख गरिएको छ ।
‘तर पछि उसले पनि तेरो पैसा दिन्न, सर्वोच्च गएर उजुरी दिए पनि मतलब छैन, मेरो खल्तीमा पुलिस प्रशासन सबै छ’ भनेर भनेको नोटमा उल्लेख गरिएको छ । आफूलाई उनलाई गाडी खरिद बिक्री गरेको कागज भएपनि प्रहरी–प्रशासनको धम्की दिएर चुप लाग्न बाध्य पारिएको भनिएको छ ।
सोमबार राति साढे ९ बजे डाँडापौवामा प्रधानको परिवारका ५ जना अर्धबेहोसी अवस्थामा भेटिएका थिए । तीमध्ये ३३ वर्षीय सुर्वणमान प्रधानको मनमोहन मेमोरियल अस्पताल, स्वयम्भुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनाली बताउँछन् ।
उनका अनुसार घटनामा गम्भीर घाइते ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीया भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर छ । घटनास्थलबाट चार किसिमका किटनाशक औषधिको पाकेट बरामद भएको मैनालीले बताए ।
सुसाइड नोटको विषयमा चाहिँ अनुसन्धान भइरहेको उनको भनाइ छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया