SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२० गते
    ६८८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ ।सामाजिक सञ्जाल र युट्युवहरुमा अभिनेता पल शाह प्रकरणमा पीडित किशोरीलाई थप पीडा दिनेगरी अभिब्यक्ति दिनेहरु अब प्रहरी कारवाहीमा तानिने भएका छन् । किशोरीका पक्षमा बोल्नेहरुका विरुद्ध युट्युवमा तथानाम गा’ली ग’लौ’जमा उ’त्रने विरुद्ध प्रहरीमा उजुरी परेको छ । नायिका रेखा थापाले प्रहरीको साइबर सेलमा उजुरी दिएकी छन् ।

    पल शाह प्रकरणमा पीडित किशोरीको चरित्रका बारेमा नबोल्न र पीडितलाई संरक्षण गर्न आवाज उठाएकी अभिनेत्री थापालाई युट्युवमा तथानाम गा’ ‘ली गर्ने शर्मिला वाइवा विरुद्ध प्रहरीमा उजुरी परेको हो ।

    प्रहरीले अभिनेत्री थापाले उजुरी दिएको पुष्टि गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालले उजुरी परेको पुष्टि गर्दै अब अनुसन्धान गरिने बताएका छन् । थापाले विद्युतीय माध्यममार्फत् आफ्नो मा’नम’र्दन र गा’ ‘ली बे’इ’ज्ज’ती गरेको उल्लेख गर्दै युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएकी हुन्।

    नाबालिग माथि कर णी गरेको अभियोगमा अभिनेता पक्राउ परेपछि अहिले सामाजिक सञ्जाल र युट्युव त्यही विषयले भरिएको छ । आफुलाई सामाजिक अभियन्ता दावी गर्नेहरु र युट्युवर अहिले तनहुँ प्रहरी कार्यालय अगाडी नारावाजी गर्न पुगेका छन् । युट्युवमा पीडित किशोरीकै चरित्रमा विभिन्न आरोप लगाउँदै भिडियो सार्वजनिक भएका छन् ।

    यस्तो प्रवृत्ति बढ्दै गएपछि रेखाले बालिकाको संरक्षण हुनुपर्ने धारणा फेसबुकमार्फत् व्यक्त गरेकी थिइन्। रेखाले सार्वजनिक टिप्पणी गरेपछि युट्युबमा उनीविरूद्ध घृणा फैलाउने अभिव्यक्तिहरू सार्वजनिक भएका थिए।

    उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ु२० वर्ष मुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनतस् सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्, समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो ।

    कोसँग लभ छ ? कति पटक यौ’ ‘नस’म्प’र्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन। समाजको आडम्बर त कुरा गरी साध्य छैन। केटी मान्छे भने पछि दुनियाँभरि कतै नभएका नैतिक मापदण्ड र हिलो छ्या’प्ने चलन ल’ज्जाज’न’क रूपमा नेपालमा ब्याप्त छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं