
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
एमसिसी संसदबाट पारित गरेको बिरोधमा विभिन्न आठ वटा राजनीतिक दलहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
संसदबाट पारित गरिएको एमसिसी राष्ट्रघाती भएको उल्लेख गर्दै साना बाम राजनीतिक दलहरूले शुक्रबार काठमाडौंको टुँडिखेलमा प्रदर्शन गरेका हुन्।
विरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा महासचिव नेत्रविक्रम चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसिसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिए।
उनले त्यसका लागि एकतावद्ध भएर अघि बढ्न पनि सबै देशभक्त, क्रान्तिकारीहरूलाई आह्वान गरे। एमसिसी पारित गरेसँगै संसदको औचित्य समाप्त भएको भन्दै महासचिव चन्दले अव देशलाई जोगाउने दायित्व नेपाली जनताको काँधमा आएको बताए।
उनले प्रचण्ड–माधव नेपालले एमसिसी संसदबाट पारित गराएर देश र जनताप्रति ठूलो घात गरेको आरोप लगाए। एमसिसी खारेज गर्नुपर्ने र त्यसका लागि सबैले आफूहरूलाई साथ दिनुपर्ने महासचिव चन्दको भनाइ थियो। ‘कम्युनिष्ट भनिने नेताहरू, एमालेका नेताहरू, माओवादीका नेताहरूले देशलाई संसदबाट बेचिरहेका छन्। आजको दिनमा प्रचण्डको अनुहार सबैभन्दा हेर्न लायक छ। नेपाली जनताले एमसिसीको विरोध गरिरहेका छन्। हरेक पार्टीभित्र यसको विरोध भइरहेको छ,’ उनले भने, ‘जनताले खारेजको माग गरेका छन्। प्रचण्ड र माधव नेपालहरूले नेपाली जनतामाथि सबैभन्दा बढी घात गरे। एमसिसी लागू हुने छैन।’
एमसिसीले नेपालीको जीवनमा भयानक दुर्घटना लिएर आउने उनले दाबी गरे। चन्दले १२ बुँदे व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नरहेको बताए।
नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले एमसिसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई खारेज गर्न पहल गर्न सबै देशभक्त, क्रान्तिकारीहरूलाई आह्वान गरे। उनले एमसिसी पारित गर्ने संसदको पनि औचित्य समाप्त भएको बताए।
‘देशभक्तहरू छन् भने उनीहरू हाम्रो मोर्चामा आउन्। जब राष्ट्रघाती सम्झौता पारित भयो, तव संसदको औचित्य समाप्त भयो। एमसिसी राष्ट्रघाती हो भन्ने जनमत बढेको छ,’ उनले भने, ‘अमेरिकाको विरूद्धमा जनमत सिर्जना गर्नुपर्यो। राष्ट्रिय युद्धको वातावरण बनाउनु पर्छ।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसिसी कार्यान्वयनमा आए नेपालको हालत युद्धरत् मुलुकहरू इराक, सिरिया, अफगानिस्तानको जस्तो हुने चेतावनी दिए। उनले एमसिसी राष्ट्रधाती सम्झौता भएको उल्लेख गर्दै त्यसको प्रतिवादमा उत्रन पनि सबैलाई अपील गरे।
अध्यक्ष केसीले अमेरिकीको समर्थनमा निर्वाचन जित्नका लागि ठूला राजनीतिक दलहरूले प्रतिस्पर्धा गरेर एमसिसीजस्तो राष्ट्रघाती सम्झौता पारित गराएको आरोप लगाए। ‘अमेरिकी आशीर्वाद लिएर चुनाव जित्नका लागि ठूला दलहरूले एमसिसी संसदबाट पारित गराउन प्रतिस्पर्धा गरे। देशको हितमा होइन। नेपाली जनताको हितमा होइन। राष्ट्रियताको संरक्षण गर्न होइन,’ उनले भने।
विरोध सभामा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चासहितका विभिन्न राजनीतिक दलका नेताहरूले एमसीसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा आउन नदिन सशक्त आन्दोलन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी

प्रतिक्रिया