SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२० गते
    ५२८ &#२३४६;&#२३३५;&#२३२५;

    एमसिसी संसदबाट पारित गरेको बिरोधमा विभिन्न आठ वटा राजनीतिक दलहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।

    संसदबाट पारित गरिएको एमसिसी राष्ट्रघाती भएको उल्लेख गर्दै साना बाम राजनीतिक दलहरूले शुक्रबार काठमाडौंको टुँडिखेलमा प्रदर्शन गरेका हुन्।

    विरोध प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा महासचिव नेत्रविक्रम चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसिसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिए।

    उनले त्यसका लागि एकतावद्ध भएर अघि बढ्न पनि सबै देशभक्त, क्रान्तिकारीहरूलाई आह्वान गरे। एमसिसी पारित गरेसँगै संसदको औचित्य समाप्त भएको भन्दै महासचिव चन्दले अव देशलाई जोगाउने दायित्व नेपाली जनताको काँधमा आएको बताए।

    उनले प्रचण्ड–माधव नेपालले एमसिसी संसदबाट पारित गराएर देश र जनताप्रति ठूलो घात गरेको आरोप लगाए। एमसिसी खारेज गर्नुपर्ने र त्यसका लागि सबैले आफूहरूलाई साथ दिनुपर्ने महासचिव चन्दको भनाइ थियो। ‘कम्युनिष्ट भनिने नेताहरू, एमालेका नेताहरू, माओवादीका नेताहरूले देशलाई संसदबाट बेचिरहेका छन्। आजको दिनमा प्रचण्डको अनुहार सबैभन्दा हेर्न लायक छ। नेपाली जनताले एमसिसीको विरोध गरिरहेका छन्। हरेक पार्टीभित्र यसको विरोध भइरहेको छ,’ उनले भने, ‘जनताले खारेजको माग गरेका छन्। प्रचण्ड र माधव नेपालहरूले नेपाली जनतामाथि सबैभन्दा बढी घात गरे। एमसिसी लागू हुने छैन।’

    एमसिसीले नेपालीको जीवनमा भयानक दुर्घटना लिएर आउने उनले दाबी गरे। चन्दले १२ बुँदे व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नरहेको बताए।

    नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले एमसिसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई खारेज गर्न पहल गर्न सबै देशभक्त, क्रान्तिकारीहरूलाई आह्वान गरे। उनले एमसिसी पारित गर्ने संसदको पनि औचित्य समाप्त भएको बताए।

    ‘देशभक्तहरू छन् भने उनीहरू हाम्रो मोर्चामा आउन्। जब राष्ट्रघाती सम्झौता पारित भयो, तव संसदको औचित्य समाप्त भयो। एमसिसी राष्ट्रघाती हो भन्ने जनमत बढेको छ,’ उनले भने, ‘अमेरिकाको विरूद्धमा जनमत सिर्जना गर्नुपर्‍यो। राष्ट्रिय युद्धको वातावरण बनाउनु पर्छ।’

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसिसी कार्यान्वयनमा आए नेपालको हालत युद्धरत् मुलुकहरू इराक, सिरिया, अफगानिस्तानको जस्तो हुने चेतावनी दिए। उनले एमसिसी राष्ट्रधाती सम्झौता भएको उल्लेख गर्दै त्यसको प्रतिवादमा उत्रन पनि सबैलाई अपील गरे।

    अध्यक्ष केसीले अमेरिकीको समर्थनमा निर्वाचन जित्नका लागि ठूला राजनीतिक दलहरूले प्रतिस्पर्धा गरेर एमसिसीजस्तो राष्ट्रघाती सम्झौता पारित गराएको आरोप लगाए। ‘अमेरिकी आशीर्वाद लिएर चुनाव जित्नका लागि ठूला दलहरूले एमसिसी संसदबाट पारित गराउन प्रतिस्पर्धा गरे। देशको हितमा होइन। नेपाली जनताको हितमा होइन। राष्ट्रियताको संरक्षण गर्न होइन,’ उनले भने।

    विरोध सभामा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चासहितका विभिन्न राजनीतिक दलका नेताहरूले एमसीसी राष्ट्रघाती भएको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा आउन नदिन सशक्त आन्दोलन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका थिए।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं