
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१०कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटनकाठमाडौँ । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका खातिर गठन भएको गठबन्धनलाई जोगाएर राष्ट्रिय समस्याको समाधान गर्ने लक्ष्यका साथ नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसिसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्न तयार भएको छ ।
माओवादीका उपलब्ध पूर्वस्थायी समितिका सदस्यको बैठकले गठबन्धन कायम राख्ने र एमसिसी सम्झौतालाई पनि एउटा निकास दिने लक्ष्यका साथ बिहीबारदेखि नियमित छलफल गर्दै आएका थिए । शनिबार मात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी सम्झौतालाई पनि एउटा टुङ्गोमा पु¥याउने र गठबन्धन पनि कायम राख्ने कोणबाट छलफल भइरहेको बताएको थियो ।
अध्यक्ष प्रचण्डको सोही धारणाअनुसार नै आज बिहान बसेको माओवादीका पूर्वस्थायी समितिका सदस्यको बैठकले सो निर्णय गरेको माओवादी स्रोतले जनाएको छ । निर्णयका बारेमा माओवादीका नेताहरुले औपचारिकरुपमा केही बताएका छैनन् ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौतालाई निष्कर्षमा पु¥याउन तयार देखिएको छ । त्यसका लागि शुक्रबार र शनिबार अन्तर्राष्ट्रिय कानूनका जानकारले प्रयास गरेका थिए । लामो समयदेखि एउटै विषयमा मात्रै दल विभक्त हुँदा त्यसले अनावश्यक विवाद बढाएको भन्दै दलहरुले एउटा विकल्प खोज्नुपर्नेमा मतैक्य देखिएका थिए ।
माओवादीका नेता वर्षमान पुनका अनुसार एमसिसीका सम्बन्धमा पार्टीले एउटा निर्णय गरेको छ । उहाँले व्याख्यात्मक टिप्पणीसहित एमसिसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले विगत छ महिनादेखि लगातार अवरोध गरिरहेको छ । अवरोधका कारण संसद् नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । सत्तारुढ दलबीच नै एमसिसी सम्झौताका विषयमा समान धारणा बन्न नसक्दा गठबन्धन ट्ुट्ने हो कि भन्ने अनेकन आशङ्का व्याप्त भएका सन्दर्भमा माओवादीले उपयुक्त निर्णय गरेको नेताहरुको दाबी छ ।
सरकारको नेतृत्वकर्ता दल कांग्रेसले प्रमुख प्रतिपक्षीलाई मनाउन अनेकन पटक छलफल गरे पनि कुनै निष्कर्ष निस्कन सकेको थिएन । पूर्ववत् अडानमा एमाले रहँदा संसद्को गतिविधिसमेत अगाडि बढ्न सकेको छैन । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा एमसिसी सम्झौताका सन्दर्भमा सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
दातृ मुलुक अमेरिकाले सोमबारसम्म एमसिसी सम्झौता संसद्बाट पारित गर्न सरकारलाई आग्रह गरेको थियो । नेपालको प्रसारण प्रणाली र सडक पूर्वाधारमा खर्च गर्ने गरी रु ५५ अर्ब बराबरको अनुमादन प्राप्त हुनेछ । त्यसबाट कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । यस्तै, झण्डै १०० किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया